रानीले लाउने पहिरन लगाएर प्रदर्शनमा सहभागी हुने अभियन्तालाई थाइल्याण्डमा दुई वर्षको जेल | Khabarhub Khabarhub

रानीले लाउने पहिरन लगाएर प्रदर्शनमा सहभागी हुने अभियन्तालाई थाइल्याण्डमा दुई वर्षको जेल


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रानीले लाउने पहिरन लगाएको भन्दै थाइल्याण्डमा एकजना अभियन्तालाई दुई वर्षको जेल सजाय सुनाइएको छ ।

सन् २०२० मा थाइल्याण्डमा भएको प्रदर्शनका क्रममा थाई रानीले लगाउने गुलाबी रंगको पहिरन लगाएको भन्दै २५ वर्षे अभियन्ता जातुपोर्न ‘न्यू’ साएउएङलाई अदालतले दुई वर्षको जेल सजाय सुनाएको हो ।

उनीमाथि सन् २०२० मा राजधानी बैंककमा आयोजित प्रदर्शनका क्रममा रानीले लगाउने पहिरन लगाएको आरोप लागेको थियो ।

यद्यपि उनले यस्तो आरोपको खण्डन गरेकी छिन् । उनले आफूले परम्परागत थाई पहिरन मात्रै लगाएको उनको भनाइ छ । थाइल्याण्डमा राजा, राजपरिवार एवम् राजसंस्थाको आलोचना गर्नेमाथि कठोर सजायको प्रावधान रहेको छ ।

सन् २०१९ मा राजा महा वजिरलङ्कोर्नले थाई शासन सम्हालेयता अभियन्ताहरुलाई चुप लगाउन यस्तो कानूनको प्रयोग हुँदै आएको बताइएको छ ।

सन् २०२० को नोभेम्बर महिनायता २१० जना अभियन्ता एवम् प्रदर्शनकारीहरु यस्तो कानूनअनुसार कारवाहीमा परेको बीबीसीले जनाएको छ ।

रानीले लगाएजस्तो पहिरन लगाउने अभियन्तालाई जेल सजाय सुनाउने अदालतको फैसलाप्रति थाई मानव अधिकारवादीहरुले चर्को आलोचना गरेका छन् । यसअघि अदालतले उनलाई तीन वर्ष सजाय सुनाएकोमा पछि दुई वर्षमा घटाएको बीबीसीले जनाएको छ ।

सन् २०२० को प्रदर्शनमा उनी गुलाबी रंगको परम्परागत पहिरनमा सहभागी भएकी थिइन्, जहाँ उनी रातो कार्पेटमा हिँडेकी थिइन् भने कसैले उनको टाउकोमाथि छाता ओढाएको थियो ।

थाई रानी सुथिदा पनि प्रायः औपचारिक कार्यक्रमहरुमा रेशम कपडाबाट बनेको यस्तै पहिरनमा उपस्थित हुने गरेकी छिन् । यस्ता औपचारिक कार्यक्रमहरुमा पनि रानीको टाउकोमाथि छाता ओढाइने गरिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ४ : ३७ बजे

धरौटी बुझाएर रिहा भए दुर्गा प्रसाईं

काठमाडौं – उच्च अदालत पाटनको आदेशपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं

पछिल्लो २४ घण्टामा रौतहटमा सबैभन्दा बढी वर्षा

काठमाडौं – पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वर्षा रौतहटमा भएको

तनहुँमा दुई जना मृत फेला, एकको दुर्घटनामा ज्यान गयो

तनहुँ – जिल्लाका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला परेका

दुर्गा प्रसाईंलाई स्वागत गर्न डिल्लीबजार पुगे कांग्रेस सांसद सुनील शर्मा

काठमाडौं – उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश दिएसँगै

उच्चको आदेशमा रिहा भएपछि प्रसाईं भन्छन्: देशकै लागि थिएँ, छु र रहिरहनेछु

काठमाडौं – व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाई उच्च अदालतको