राष्ट्रिय आविष्कार केन्द्रलाई ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान | Khabarhub Khabarhub

राष्ट्रिय आविष्कार केन्द्रलाई ‘भवन कीर्ति रत्न’ पुरस्कार प्रदान


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रलाई १ करोड रुपैयाँ धनराशिको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ । गैर आवासीय नेपाली संघ र बीबी फाउण्डेसनद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच महावीर पुनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

शिक्षा मन्त्री देवेन्द्र पौडेल लगायतले पुनलाई उक्त पुरस्कार हस्तान्तरण गरे । कार्यक्रममा मन्त्री पौडेलले नेपालमा अनुसन्धानका काममा कसैलाई चासो भएको नपाइएको बताए । आविश्कार र अनुसन्धानमा महावीर पुनले खेलको भूमिकालाई सबैले सकारात्मक रुपमा लिएको उनले बताए । मन्त्री पौडेलले असोज १ गते सरकारले विज्ञान दिवस पनि मनाउन लागेको जानकारी दिए ।

नेपालमा नाष्ट भन्ने संस्था रहेको र दिनहुँ छलफल हुने गरेपनि अनुसन्धानको क्षेत्रमा चासो देखिएको उनले बताए । पुरस्कार ग्रहण गर्दै पुनले उनले आविष्कार केन्द्रको शुभारम्भ मात्रै आफूले गर्न खोजेको भन्दै नेपालमा धेरै आविष्कार क्षेत्र विकास गर्नुपर्ने बताए । नेपाल गरिब भएकै कारण युवाहरू विदेशिन बाध्य भएको र उद्योगी व्यवसायीहरूले नै रोजगारीको सिर्जना गर्नुपर्ने उनले बताए ।

उनले नेपालका आफ्नो आविष्कार केन्द्रबाट तिव्रतर रुपमा काम हुन सके अरु देशको दाँजोमा कहिल्यै पछि नपर्ने धारणा राखे । ‘भवन कीर्ति रत्न’ पुरस्कार हरेक दुई/दुई वर्षमा प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ६ : २० बजे

कञ्चनपुरमा २७ कार्यालय, १२ घर र १६ सवारीसाधनमा आगजनी

कञ्चनपुर– आन्दोलनका क्रममा २७ वटा सरकारी कार्यालय, पाँच वटा राजनीतिक

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

चन्द्रपुर– जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र

श्रमदानबाट सडक मर्मत

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–८ राम्चेका बासिन्दाले श्रमदान गरेर सडक मर्मत गरेका

सम्पर्कमा आउन थाले कञ्चनपुरबाट भागेका कैदीबन्दी

कञ्चनपुर– जेनजी प्रदर्शनका क्रममा मंगलबार साँझ कञ्चनपुर कारागारबाट भागेका कैदीबन्दीहरु

प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न अमेरिकी सिनेटरहरूको आग्रह

अमेरिका– नेपालमा विकसित भएको घटनाबारे अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले