नवौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मीद्वारा लुम्बिनी ९ विकेटले पराजित « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा आर्मीद्वारा लुम्बिनी ९ विकेटले पराजित


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा आर्मी लुम्बिनी प्रदेशलाई नौ विकेटले पराजित गरेको हो । प्रतियोगितामा आर्मीको यो लगातार दोस्रो जित हो ।

वर्षाका कारण खेल १९ ओभरमा छोट्याइएको थियो । लुम्बिनीले दिएको ८६ रनको सामान्य लक्ष्य आर्मीले १० ओभर तीन बलमा एक विकेट गुमाएर पूरा ग¥यो । आर्मीका लागि हरि चौहानले ३५ तथा अर्जुन साउदले अविजित २८ रन बनाए । भीम सार्कीले अविजित १८ रन बनाए ।

लुम्बिनीका लागि अनिल खरेलले एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले १९ ओभरमा नौ विकेट गुमाएर ८५ रन जोडेको थियो ।

उसका लागि कप्तान कृष्ण कार्कीले अविजित २८ तथा सन्दीप रजालीले १५ रन बनाएका थिए । यसैगरी देव खनाल र बासिर अहमदले समान १३ रन बनाए ।

लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा आर्मीका सुशन भारीले पाँच विकेट लिए । त्यस्तै हरि चौहानले दुई तथा आकाश चन्द र सोमपाल कामीले समान एक विकेट लिए । जितसँगै आर्मीको चार खेलमा छ अङ्क भएको छ ।

लुम्बिनीको भने पाँच खेलमा तीन अङ्क रहेको छ । प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  ७ : २६ बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी