मनसुनजन्य गतिविधि सक्रिय हुँदा नागरिकलाई झनै समस्या « Khabarhub

मनसुनजन्य गतिविधि सक्रिय हुँदा नागरिकलाई झनै समस्या


२८ भाद्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बाढी तथा अन्य प्राकृतिक विपत्तिको सामना गरिरहेको सिन्धुपाल्चोका विभिन्न स्थानीय तहले ठूलो क्षति बेहोर्नु परेको छ । चाडपर्व नजिकिँदै गर्दासमेत मनसुनजन्य गतिविधि सक्रिय हुँदा झनै नागरिकलाई समस्या भएको छ ।

गत साल आएको मेलम्ची बाढीका कारण हेलम्बु गाउँपालिका–१ र २ का नागरिकले धेरै सास्ती खेप्नु परेको छ । बाढीका कारण यातायातका साधन अवरुद्ध हुँदा त्यहाँका नागरिकलाई खाद्यान्न, स्वास्थ्य उपचार, शिक्षालगायत सेवासुविधाबाट वञ्चित हुनुपरेको छ ।

हेलम्बु मेलम्ची बाढीले सडक, यातायात, विद्युत्, विद्यालय संरचनामा क्षति पुग्दा स्थानीय बासिन्दाले सास्ती भोग्नुपरेको छ । बाढीसँगै ग्रामीण भेगहरुमा विभिन्न स्थानमा पहिरो जाँदा विद्यार्थीलगायत स्थानीयवासीहरुमा त्रास सिर्जना भएको हेलम्बु–१ गोल्मादेवी माध्यमिक विद्यालयका ध्रुव सुनारले बताए । उनले धेरै साथीहरु होेस्टल बसेर पढेको बताए। बिरामी हुँदा समस्या हुने गरेको उहाँको भनाइ थियो । यस भेगमा विद्यालय जान आउन समस्या रहेको स्थानीयवासी बताउँछन् ।

बाढीपछि गाउँपालिका कार्यालय हुँदै हेलम्बु–१ जाने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ । तर बर्खाको समयमा वैकल्पिक सडक पनि हिलाम्मे हुँदा यातायातका साधन आवतजावत गर्न सकेका छैनन् । यसले व्यापारी, बिरामी तथा अन्य नागरिकहरुले सास्ती खेप्न परेको हेलम्बु–१ की कर्मो लमिनीले बताए ।

नागरिकका समस्या समाधान गर्न स्थानीय तहले पनि स्रोतसाधनले भ्याएसम्म काम गरिरहेका छन् । पुरानै सडक सञ्चालनदेखि अन्य बिग्रेका संरचना पुनर्निर्माणलगायतका काम धमाधम भइरहेको बताउँछन् वडाध्यक्ष दावा ग्याल्जेन शेर्पा । हिजो खोलामा हालेको फड्के बेलुकीको बाढीले लगेको उनले बताए। गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पानी कम भए लगत्तै बाटो मर्मत गरिने बताए ।

प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार  १० : २१ बजे

अर्का सुकुम्वासीले पनि गरे आत्महत्या

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले करिब चार महिना अघि काठमाडौंको

वैदेशिक सहायता परिचालन हुनेगरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई लेखा समितिको निर्देशन

 काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक

इरानद्वारा ट्रम्पको आर्थिक दबाब नीतिको आलोचना

तेहरान- इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप

रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावितलाई क्षतिपूर्ति वितरण

गुल्मी– मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको रिडी–भेँडुवा र रिडी–खर्ज्याङ सडकखण्डका प्रभावित

अख्तियार विश्वास जगाउने संस्था हुनुपर्छ : कानुनमन्त्री गौतम

काठमाडौं- कानुनमन्त्री सोबिता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष, स्वतन्त्र