बिहान १० बजेसम्मका मुख्य १० समाचार | Khabarhub Khabarhub

बिहान १० बजेसम्मका मुख्य १० समाचार


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन्। पछिल्लो चौबिस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन्। बिहान १० बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः

१. राष्ट्रपति र लीबीच आज भेटवार्ता हुने
नेपाल भ्रमणमा रहेको चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सुले आज राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने भएका छन्। राष्ट्रपतिसँग अपराह्न चार बजे शीतल निवासमा भेट्ने कार्यक्रम तय भएको छ। लीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गरिसकेका छन्।

२. चान्सुको नेपाल भ्रमणले आज पनि घण्टौं जाम
ली चान्सुको सवारीका कारण आज पनि काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित हुने भएको छ। दिउसो राष्ट्रपति भण्डारीसँग भेट्नुअघि ली बिहान भक्तपुर दरबार स्वायर अवलोकन गर्न जाने तालिका छ। भक्तपुर जाने र आउने समय अहिले १० बजे रवि भवन, सोल्टी होटल, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, नयाँ बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, राधेराधे, सल्लाघारी, सैनिक आवासीय विद्यालय, कालोपाटी व्यासीलगायत क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ।

३. आरोप लगाउने जबरामाथि सत्यता जाँच गर्न पाउनुपर्छ : अधिवक्ता अर्याल
अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि जिरह गर्न पाउनुपर्ने माग राख्दै प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा निवेदन दिएका छन्। महाभियोगको बयानका क्रममा जबराले आफू लगायतलाई लाञ्छना लगाएर आरोपित गरेको भन्दै अर्यालले सत्यता जाँचको माग गरेका हुन्। अभियुक्तलाई अर्को पक्षले केरकार र प्रश्न गर्नुलाई अदालती भाषामा जिरह गर्नु भनिन्छ।

४. बालबालिकालाई प्रधानमन्त्रीको शुभकामना
प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने बताएका छन्। राष्ट्रिय बाल दिवस, २०७९ का अवसरमा शुभकामना दिँदै उनले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा समुदाय, स्वास्थ्य सेवा तथा विद्यालय बालमैत्री हुन जरुरी रहेको समेत बताए। राष्ट्रिय बाल दिवस, २०७९ आज ‘बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने नाराका साथ मनाइँदै छ।

५. निर्वाचन आयोगले १२ दलसँग छलफल गर्दै
निर्वाचन आयोगले राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहिताप्रति प्रमुख राजनीतिक दलहरुले असन्तुष्टि जनाएसँगै उनीहरुलाई छलफलका लागि बोलाएको छ। आयोगले समसामयिक विषयमा छलफल गर्न प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दललाई बोलाएको हो। आज १२ बजे आयोगको कार्यालयमा छलफलका लागि बोलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

६. प्रतिनिधि र राष्ट्रिय सभाको बैठक बस्दै
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेका लागि सारिएको छ। आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ। त्यसैगरी बैठकमा कारागार विधेयक, २०७८ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। राष्ट्रिय सभा बैठक पनि आजै बस्ने छ।

७. भूमिहीनलाई जग्गा उपलब्ध गराउन निवेदन आह्वान
सरकारले भूमिहीन, सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन निवेदन माग गरेको छ। राष्ट्रिय भूमि आयोगले आज सूचना जारी गर्दै निवेदन दिन आह्वान गरेको हो। आयोगले सूचना प्रकाशित भएको ३५ दिनभित्र निवेदन दिन पनि आग्रह गरेको छ। यसपटक आयोगले सात प्रदेशका २८ जिल्लाका लागि निवेदन आह्वान गरेको हो।

८. अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि सञ्चालनमा
गत जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिराका कारण अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि सञ्चालनमा आएको छ। सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, कल्लेरी खोलाको घुम्ती र खुर्सानीबारी भन्ने स्थानमा पहिराले सडक बगाएपछि भकिम्लीका बासिन्दा आवतजावत गर्ने सडक यातायातबाट विच्छेद भएको थियो।

९. एलिजावेथको शव बकिंघम लगियो
बेलयातकी महारानी एलिजावेथको शव बकिंघम दरबारमा राखिएको छ। महारानी एलिजाको शवलाई राजा चाल्र्स र शाही परिवारले ग्रहण गरी बकिंघम दरबारमा राखिएको हो। शव दरबारमा ल्याउँदा सडक वरिपरि दशौं हजार मानिसको भीड लागेको थियो। आज महारानीको शव वेस्टमिन्स्टर हलमा लगिने छ। साथै आगामी सोमबार हुने अन्त्येष्टिसम्म त्यहीं राखिने जनाइएको छ। अन्त्येष्टि अगाडी बेलायती जनतालाई शवको अन्तिम दर्शन गर्न दिइने भएको छ।

१०. खेल तालिका पुन निर्धारण गर्न ९ टोलीको आग्रह
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सहभागी ९ वटा टिमले पुरुष क्रिकेटको खेल तालिका पुन निर्धारण गर्न आग्रह गरेका छन्। प्रतिकुल मौसमका कारण निरन्तर खेल अवरुद्ध भएर प्रतियोगिता खेल्नै नपाएर बाहिरिनु परेको तथ्यलाई अघि सार्दै सहभागी ९ टिमले प्रतियोगिताको तालिका पुन निर्धारण गरेर खेल सञ्चालन गर्न आग्रह गरेका हुन्। नवौं राष्ट्रिय खेलकुद असोज २९ देखि कात्तिक ३ गतेसम्म निर्धारण गरिएको छ। फ्रेन्चाईज क्रिकेट नेपाल टी ट्वान्टी लिग प्रभावित हुने भएपछि नेपाल क्रिकेट संघ (क्यान)को आग्रहमा नवौंको पुरुष क्रिकेट निर्धारण समय अघिनै सञ्चालन गरिएको हो।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ९ : ५८ बजे

धनुषाको दुहबीमा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त

जनकपुर– धनुषाको विदेह नगरपालिका–२ वैदेही दुहबीमा सशस्त्र प्रहरी र तस्करीबीच

काठमाडौंबाट ९ जना जुवाडे पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३१ मिलनचोक बस्ने काभ्रे चौरीदेउराली गाउँपालिका- २ घर भएका ६३

खलङ्गामा वितरण गरिएको खानेपानीमा इकोली जीवाणु भेटियो

दार्चुला– दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि

उपभोक्ता अदालतको फैसलाविरुद्ध चिकित्सकको मोर्चाबन्दी, काउन्सिलको अधिकार खोसिएको आरोप

उपचारका क्रममा बिरामीको मृत्यु हुने, लापरवाहीले मृत्यु भएको भन्दै मृतकका

मणिमण्डप क्षेत्रमा सौन्दर्यीकरणको काम अन्तिम चरणमा

महेन्द्रनगर– जनकपुरधामलाई वैवाहिक गन्तव्यस्थलका रूपमा विकास गर्ने उद्देश्यसहित ऐतिहासिक मणिमण्डप