चिनियाँ नेताका कारण आज पनि काठमाडौँका सडक अस्तव्यस्त  | Khabarhub Khabarhub

चिनियाँ नेताका कारण आज पनि काठमाडौँका सडक अस्तव्यस्त 


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थायी समितिको जनकंग्रेस अध्यक्ष ली चान्सुको सवारीका कारण आज पनि काठमाडौँका सडक अस्तव्यस्त बनेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बुधबार बिहान ९ बजे पछि कालीमाटी, त्रिपुरेश्वर, कोटेश्वरदेखी भक्तपुर जाने सवारी साधन प्रभावित भएका छन्।

बिहान ९  बजेको आसपासको समयमा कालीमाटी, टेकु, भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, माईतीघर, नयाँबानेश्वर, तिनकुने, जडिबुटी, कौशलटार, मध्यपुर ठिमी, सल्लाघारी क्षेत्रको सवारी साधन प्रभावित हुने कार्यालयले जनाएको छ।

चिनियाँ जनकंग्रेस अध्यक्ष ली भक्तपुर दरबार क्षेत्रको अवलोकनमा निस्केका कारण ती सडक प्रभावित भएका हुन्।

त्यस्तै दिउँसो साढे ३ बजे आसपासमा कालीमाटी, त्रिपुरेश्वर, जमल, लाजिम्पाटदेखी महाराजगन्ज सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ। लीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्न जाने भएका कारण ती सडक प्रभावित हुने भएका हुन्।

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफ्नो यात्रा सहज बनाउन चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १० : ३६ बजे

गोविन्द भट्टराईको प्रस्ताव : कर्मचारीलाई मात्रै होइन, राजनीतिमा पनि ‘कुलिङ पिरियड’ राखौँ

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य गोविन्द

अहिले संसद् र न्यायालयमा जे चलिहरेको छ, त्यो जनतासँग हामीले गरेको कबुल विपरीत छन् : प्रचण्ड

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्र

स्पेनको भ्रमण सकेर फर्किए प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा यही असार १६

आँप बिक्रीबाट वार्षिक आठ लाख बचत

कैलाली– कैलालीको गोदावरी नगरपालिका–१० मालाखेती खमौराका इन्द्रबहादुर सिंह मडै, लोकबहादुर

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिको नेता