काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २५ सय सवारी चालकमाथि कारबाही « Khabarhub

काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २५ सय सवारी चालकमाथि कारबाही


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ५४९ जना चालकहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २१४ जना, मदिरा पिएर सवारी साधन चलाउने ६९ जना, हर्नको अनावश्यक प्रयोग गर्ने १०२ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ३६ जना र तीव्र गतिमा सवारी साधन चलाउने २७ जना रहेका छन्।

यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने ७८ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६४ जना, सडक लेन उल्लङ्घन गर्ने ४७ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ३९ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३६ जना चालकहरू पनि कारबाहीमा परेका छन्।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ११ : ४० बजे

खामेनीको अन्त्येष्टिमा हजारौँ सहभागी

एजेन्सी– इरानका दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्‍टि कार्यक्रमअन्तर्गत

जरिवाना नतिर्ने दुई लाखभन्दा बढी चालकको सेवा रोक्का

काठमाडौं– दुई लाख ६१ हजारभन्दा बढी सवारी चालकले जरिवानाबापतको रकम

लमजुङ कारागार बजेट अभावमा रोकियो

लमजुङ– बेँसीसहर सेराफाटमा रहेको जिल्ला कारागार बजेट अभावमा निर्माण हुन

निर्वाचन आयोगका प्रस्तावित आयुक्तविरुद्ध १० दिनभित्र उजुरी आह्वान

काठमाडौं– संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त

एमालेले पनि छाड्यो सरकारको संविधान संशोधन कार्यदल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पनि संविधान संशोधन बहसपत्र