प्राविधिक मर्मतपछि नारिता उड्यो वाइडबडी जहाज « Khabarhub

प्राविधिक मर्मतपछि नारिता उड्यो वाइडबडी जहाज


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्राविधिक समस्या देखिएको राष्ट्रिय ध्वजा बाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाज प्राविधिक मर्मतपछि जापानको नारिता उडेको छ।

गए राति जापानको नारिताका लागि उडेको उक्त जहाजको कार्गो सामान राख्ने ठाउँमा धुवाँ आएपछि जहाज उडेको केहीसमयमै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको थियो।

एक सय ८४ यात्रु बोकेर नारिता उडेको जहाजमा प्राविधिक समस्या देखिनासाथ  विमान चालकले जहाजलाई काठमाडौँ फर्काउने निर्णय लिएका थिए।

उक्त जहाज मर्मतपछि बिहान १० बजे नारिताका लागि उडान भरेको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए। उनले भने, ‘हिजो राति जहाज उडेको केही समयपछि प्राविधिक समस्या देखिएकाले जहाज फर्किएको थियो, प्राविधिक मर्मतपछि जहाज उडिसक्यो, कार्गो होल्डमा धुवाँ देखिएपछि जहाज काठमाडौँ फर्किएको थियो।’

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई थान वाइडबडी र दुई थान न्यारो बडी जहाज छन्।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  १२ : ५० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते