ओझेलमा आकर्षक बल्कोटको पौवा « Khabarhub

ओझेलमा आकर्षक बल्कोटको पौवा


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँचीको बल्कोट पौवामा काठमा विभिन्न आकृतिका चित्र कोरिएका छन् । राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा तत्कालीन कर्नेल सनदसिंह टण्डनको नेतृत्वमा बल्कोट पौवा निर्माण गरिएको बताइन्छ । कालिगढले अत्यन्त आकर्षक शैलीमा निर्माण गरेको पौवाभित्र शिवालय, मठ मन्दिरसमेत छन् ।

विसं १९०४ मा निर्माण सुरु गरी १० वर्ष लगाएर पौवा तथा मन्दिर निर्माण गरिएको संस्कृतिविद् डा. गोविन्द टण्डनले बताए । जङ्गबहादुर राणाका जेठानसमेत रहेका सनकसिंह टण्डनले आफ्ना बुबा पर्शुरामको आग्रहमा मन्दिर तथा पौवा निर्माण गरेको इतिहास छ । टण्डन परिवारले निर्माण गरेको सनकसिंह टण्डनको शालिकको एक कार्यक्रमबीच अनावरण गरिएको छ ।

आकर्षक बल्कोटको पौवा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा पर्ने ऐतिहासिक पौवामा दिनहुँजसो कार्यक्रम भइरहने भएपनि यसको संरक्षणमा कसैको ध्यान जान सकेको छैन । आफ्ना पुर्खाको इतिहास रहेको पुण्यभूमिममा शालिक अनावरण गर्न पाउँदा खुशी लागेको नेपाली कांग्रेसका लुम्बिनी प्रदेशस सदस्य तथा समाजसेवी डा जयबहादुर टण्डनले बताए ।

केही वर्ष अघिसम्म मन्दिरको संरक्षण गर्ने, फूलपाती टिप्ने, कोइला लैजाने, लिपपोत गर्ने, दैनिक बिहान बेलुका बाँजा बजाउनेसमेतको व्यवस्था थियो । अहिले  दैनिक पूजाआजा भइरहेको र संरक्षण तथा प्रवर्द्धनमा समितिले काम गरिरहको छ । जङ्गबहादुरको न्वारन भएको स्थानको रुपमा चिनिने यस पौवाको संरक्षणमा सरकारको ध्यान जान जरुरी रहेको पर्शुरामेश्वर मन्दिर तथा बल्कोट पौवा संरक्षण समितिका अध्यक्ष राजेश पन्थीले बताए । 

कर्नेल सनदसिंहको पालामा बल्कोटको पौवा, मथुराको पौवा, पाल्पा र गुल्मीको सिमानामा रहेको मनवाक पौवा, ऋणिको बगैँचा, पाल्पा अर्गलीको बगैँचा, जोर्तको पौवा र गौमुखी धारा निर्माण गरिएका थिए । बल्कोटको पौवा, मन्दिर र गुठी संरक्षण गरी प्रचारप्रसार गर्ने उद्देश्यले २०६६ सालमा डा गोविन्द टण्डनको नेतृत्वमा पण्डित दिनबन्दु पोखरेलको प्रवचनमा महायज्ञसमेत लगाइएको थियो । 

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  २ : ५६ बजे

‘अखण्डता र संविधान रक्षा सबैको साझा जिम्मेवारी’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले मुलुकको अखण्डता, सार्वभौमिकता र

एमालेमा ओलीको विकल्प छैन, अध्यक्षमा उठे ईश्वर पोखरेलको बिजोग हुन्छ : सूर्य थापा

भैरहवा– नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई

चीनद्वारा नयाँ ‘शिजियान–२८’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

एजेन्सी– दक्षिण चीनको हैनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चीनले

बेपत्ता पर्यटक मृत फेला

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी

नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक

काठमाडौं– सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३