सहकारीको कूल पूँजीको झण्डै ७० प्रतिशत अपचलन « Khabarhub

सहकारीको कूल पूँजीको झण्डै ७० प्रतिशत अपचलन


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको कूल पूँजीको झन्डै ७० प्रतिशत रकम अपचलन भएको छानबिन समितिले देखाएको छ ।

बाँके जिल्ला सहकारी कार्यालयका नवराज उपाध्यायको संयोजकत्वमा गठन भएको छानबिन समितिले दिएको प्रारम्भिक प्रतिवेदनमा ५२ करोड अधिकतम पूँजी रहेको नेपालगञ्ज सहकारीको झन्डै ३८ करोड अपचलन भएको उल्लेख छ ।

सो प्रतिवेदनअनुसार, सहकारीको कूल ५२ करोड अधिकतम पूँजीमा विगतको २६ करोडमा थप १२ करोड अपचलन भएको छ ।

यसैबीच, सो सहकारी संस्थाले आज यहाँ सार्वजनिक सूचना जारी गर्दै असार २१ गते विशेष साधारणसभा बोलाएको छ । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीले निक्षेप लगानीकर्ताको रकम फिर्ता कसरी गर्ने र संस्थालाई कसरी अगाडि बढाउने भन्ने मुख्य एजेण्डा बनाएर विशेष साधारणसभा बोलाइएको बताए ।

एक महिनाअघि सो सहकारीका प्रबन्धकलगायतका कर्मचारीले रकम अपचलन गरेपछि बचतकर्ताको संस्था कार्यालयमा घुइँचो लाग्ने गरेको छ । पैसा पाउने आशामा सहकारीपीडित दैनिक सहकारीको कार्यालय अगाडि जाने गर्छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सहकारीको रकम अपचलन गर्ने कर्मचारीलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १० : ३९ बजे

रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने

काठमाडौं – गत भदौ २३ र २४ गते भएको जेनजी

जसपा नेपाल र लोसपाबीच एकता हुने

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

चन्दा सङ्कलन गरी ३३ फिट अग्लो शिव मूर्ति निर्माण हुँदै

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–६ कसरौलका स्थानीय चन्दा सङ्कलन गरी

एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न फागुन २१ गते

हात्ती ‘पेनाल्टी’ प्रतियोगितामा लक्ष्मीकली प्रथम

चितवन – सौराहामा सम्पन्न १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२