प्यालेस्टाइनी र इजरायली फौजबीच झडप – दुई प्यालेस्टाइनी र एक इजरायली सैनिकको मृत्यु « Khabarhub

प्यालेस्टाइनी र इजरायली फौजबीच झडप – दुई प्यालेस्टाइनी र एक इजरायली सैनिकको मृत्यु


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्यालेस्टाइनी र इजरायली फौजबीच भएको झडपमा परी दुई जनाको ज्यान गएको छ । इजरायली कब्जामा रहेको प्यालेस्टाइनको वेस्ट बैंकमा अवस्थित एक प्रहरी जाँच चौकीनजिकै झडप भएको हो ।

झडपका क्रममा मारिनेमा दुई प्यालेस्टाइनी र एक इजरायली सैनिक रहेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गिल्बोआ क्रसिङ नजिकै रातभर प्यालेस्टाइनी आतङ्ककारीहरुसँगको झडपमा इजरायली रक्षा बल (आइडिएफ) एक अधिकारीको मृत्यु भएको इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रहरी जाँच चौकी नजिकै दुई युवा ‘शहीद’ भएको पुष्टि गरेको छ ।

पछिल्लो केही समययता प्यालेस्टाइनी र इजरायली पक्षबीच बेलाबेला तनाव उत्पन्न हुँदै आएको बताइएको छ ।

पछिल्लो पटक गत अगस्ट महिनाको प्रारम्भीक सातामा इजरायली फौजले प्यालेस्टाइनविरुद्ध कारवाही गरेको थियो । उक्त कारवाहीका क्रममा दर्जनौँ प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ३ : ५६ बजे

अमेरिका–भारत अन्तरिम व्यापार सम्झौताको घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री

टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान तीन विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई तीन

इस्लामाबादको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

एजेन्सी– इस्लामावादको एक शिया मस्जिदमा इस्लामिक स्टेट समूह (आईएस) ले दावी

निर्वाचन चहलपहलसँगै आर्थिक गतिविधिमा बढोत्तरी

महोत्तरी– महोत्तरीमा निर्वाचनको चहलपहल बडढेसँगै आर्थिक गतिविधिमा पनि बढोत्तरी हुन

ओबामाको अनुहार भएका बाँदरको भिडियो हालेपछि ट्रम्प आलोचित; गरे निन्दा, मागेनन् माफी

काठमाडौं- पूर्वराष्ट्रपति दम्पत्ति बाराक र मिशेल ओबामालाई बाँदरको स्वरुप दिएको