प्यालेस्टाइनी र इजरायली फौजबीच झडप - दुई प्यालेस्टाइनी र एक इजरायली सैनिकको मृत्यु | Khabarhub Khabarhub

प्यालेस्टाइनी र इजरायली फौजबीच झडप – दुई प्यालेस्टाइनी र एक इजरायली सैनिकको मृत्यु


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्यालेस्टाइनी र इजरायली फौजबीच भएको झडपमा परी दुई जनाको ज्यान गएको छ । इजरायली कब्जामा रहेको प्यालेस्टाइनको वेस्ट बैंकमा अवस्थित एक प्रहरी जाँच चौकीनजिकै झडप भएको हो ।

झडपका क्रममा मारिनेमा दुई प्यालेस्टाइनी र एक इजरायली सैनिक रहेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गिल्बोआ क्रसिङ नजिकै रातभर प्यालेस्टाइनी आतङ्ककारीहरुसँगको झडपमा इजरायली रक्षा बल (आइडिएफ) एक अधिकारीको मृत्यु भएको इजरायली सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले प्रहरी जाँच चौकी नजिकै दुई युवा ‘शहीद’ भएको पुष्टि गरेको छ ।

पछिल्लो केही समययता प्यालेस्टाइनी र इजरायली पक्षबीच बेलाबेला तनाव उत्पन्न हुँदै आएको बताइएको छ ।

पछिल्लो पटक गत अगस्ट महिनाको प्रारम्भीक सातामा इजरायली फौजले प्यालेस्टाइनविरुद्ध कारवाही गरेको थियो । उक्त कारवाहीका क्रममा दर्जनौँ प्यालेस्टाइनीको मृत्यु भएको जनाइएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ३ : ५६ बजे

निर्वाचनका लागि आवश्यक वातावरण बनाउन माओवादीको आग्रह

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आगामी फागुन २१

कार्तिक शुक्ल प्रतिपदाः आज गोरु, गोवर्द्धन र हलि पूजा

काठमाडौं – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो

राजनीतिक संवादले निर्वाचनको माहोल बनेको छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सरकारले निर्वाचनको वातावरण निर्माणका लागि राजनीतिक दलहरुसँग चरणबद्ध

आजको मौसम पूर्वानुमान : एक-दुई स्थानमा हल्का वर्षा

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर