नवौँ राष्ट्रिय खेलकुद – पुरुष क्रिकेटमा कर्णालीद्वारा गण्डकी ८ रनले पराजित | Khabarhub Khabarhub

नवौँ राष्ट्रिय खेलकुद – पुरुष क्रिकेटमा कर्णालीद्वारा गण्डकी ८ रनले पराजित


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा बुधबार कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई आठ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको ९४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित १३ ओभरमा ९ विकेट गुमाएर ८५ रन बनायो । वर्षाले प्रभावित खेललाई २० बाट १३ ओभरमा घटाइएको थियो ।

गण्डकीका सन्दीप क्षेत्रीले सर्वाधिक ४९ रन बनाए । यस्तै, अनिल गुरुङले १४ रन बनाए । कर्णालीका दिनेश अधिकारीले तीन विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको गण्डकीले निर्धारित १३ ओभरमा सात विकेट गुमाएर ९३ रनको बनाएको थियो ।

गण्डकीका प्रकाश जैसीले सर्वाधिक १९ रन बनाए । विपिन रावत र सुवास एयरले समान १३ रनको योगदान गरे । समूह ‘ए’ मा रहेको कर्णालीले समूह चरणका सबै पाँचबाट ६ अंक जोडेको छ । समान खेलबाट गण्डकीले चार अंक छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ४ : २९ बजे

लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात

काठमाडौं – तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ।

उज्यालो पर्वमा अँध्यारो दिनः विपिनको शव घरमा (फोटो फिचर)

शब्द र तस्बिरः प्रकाश चन्द्र तिमिल्सेना कञ्चनपुर- कोठाको एउटा कुनामा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक

आज २०८२ साल कात्तिक ४ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक ४ गते मंगलबार। कात्तिक