राष्ट्रपति भण्डारीलाई भेट्न चान्सु शीतल निवासमा  | Khabarhub Khabarhub

राष्ट्रपति भण्डारीलाई भेट्न चान्सु शीतल निवासमा 


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुबीच भेटवार्ता भइरहेको छ । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति भण्डारी र अध्यक्ष चान्सुबीच भेटवार्ता भइरहेको हो ।

गत सोमबार चारदिने भ्रमणका लागि नेपाल आएका चान्सु राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवासमा पुगेका हुन् । यसअघि बुधबार बिहान उनले भक्तपुर दरबार स्क्वयारको अवलोकन गरेका थिए ।

नेपाल  आएकै दिन सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका उनले मंगलबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री नारायण खड्का र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका थिए ।

सभामुख  सापकोटाको निमन्त्रणमा चान्सु ६७ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् । उनी बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ५ : ३२ बजे

उन्नत जातका धानखेतीतर्फ आकर्षण किसान 

गलेश्वर– गुणस्तरभन्दा उत्पादनलाई प्राथमिकता दिँदै उन्नत जातको धानबालीतर्फ जिल्लाका किसान

बैतडी कारागारका कैदीबन्दीलाई स्थानान्तरण गरिँदै

बैतडी–  जिल्ला कारागारका सबै कैदीबन्दीलाई स्थानान्तरणको तयारी गरिएको छ ।

मुख्यमन्त्री नियुक्तिविरूद्ध कांग्रेससहित मधेशका सात दल सर्वोच्च जाने

जनकपुरधाम- मधेश प्रदेशमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई

आगलागीमा जलेर एक जनाको मृत्यु

महोत्तरी– मनराशिसवा नगरपालिका-१० मरूवाही बस्ने बिकाउ पासवानको गोठमा आइतबार राति आगलागी हुँदा

इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु

एजेन्सी– इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा आइतबार भएको हिंसात्मक दङ्गामा