आसियानका अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु | Khabarhub Khabarhub

आसियानका अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण पूर्वी एसियाली देशहरुको सङ्गठन (आसियान) का अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु भएको छ । कोरोना भाइरसको महामारीपछि अस्तव्यस्त बनेको अर्थतन्त्रका बारेमा छलफल गर्न अर्थमन्त्रीहरुको बैठक आयोजना गरिएको हो ।

बुधबारबाट सुरु भएको आसियानका अर्थमन्त्रीहरुको यो ५४ औँ बैठक हो । बैठकमा अर्थतन्त्रका अन्य विविध आयामहरुका बारेमा पनि छलफल हुने जनाइएको छ ।

बैठकको उद्घाटन समारोहमा बैठक आयोजक कम्बोडियाका प्रधानमन्त्री हुन सेनले सम्बोधन गरेका थिए । विश्व समुदायले अहिले विकास र अर्थतन्त्रका क्षेत्रमा नयाँ चुनौती र समस्याहरुको सामना गरिरहनु परेको उनले सो अवसरमा बताएका छन् ।

आसियानमा आवद्ध देशहरुले नयाँ चुनौती र समस्याहरुलाई समाधानका उपायहरु पहिचान गरी अन्य देशहरुलाई त्यसतर्फ डो¥याउनुपर्नेमा उनले जोड दिएका थिए । त्यसैगरी कानुनको शासन, विश्वव्यापीकरण, बहुदेशीय सहकार्य, बहुदेशीय संरचना निर्माण तथा संचालन, व्यापार तथा लगानी, संरक्षणवादलगायतका विषयमा पनि छलफल गर्न उनले सुझाव दिए ।

सम्मेलनको अध्यक्षता गरेका कम्बोडियाका अर्थमन्त्री पान सोरासाकले दिगो, समावेसी र उदारवादी अर्थतन्त्रको विकासका लागि काम गर्नुपर्नेमा जोड दिएका छन् ।

आसियानमा ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतानम सदस्य राष्ट्र छन् ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : ०७ बजे

अमेरिकाले ‘डिपोर्ट’ गरेका १९ जना काठमाडौं आइपुगे

काठमाडौं – संयुक्त राज्य अमेरिकाले देश निकाला (डिपोर्ट) गरेका थप

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय अदूरदर्शी र प्रतिगमनकारी : डा. भट्टराई

काठमाडौं – पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सञ्जाल बन्द

चुरक्षेत्रको विनाशले मधेसमा पानीको सङ्कट : अध्यक्ष यादव

सर्लाही – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

महाधिवेशन नेतृत्व चयन, नीति र उद्देश्य निर्धारण गर्ने थलो होः सभापति देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन केबल नेतृत्व

भारतमा विशाल डेटा सेन्टर बनाउने ओपनएआईको योजना

काठमाडौं- अमेरिकाको एआई कम्पनी ओपनएआईले भारतमा विशाल डेटा सेन्टर बनाउने