नवौँ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आर्मी समूह विजेता | Khabarhub Khabarhub

नवौँ राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आर्मी समूह विजेता


२९ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल पुलिस क्लबलाई १३ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लब समूह ‘ए’ विजेताको रूपमा नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको एक सय ७८ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित १९ ओभरमा आठ विकेट गुमाएर एक सय ६४ रनमात्र जोड्न सक्यो । खेल १९ ओभरमा घटाइएको थियो ।

पुलिसका आरिफ शेखले सर्वाधिक ४० रन बनाए । यस्तै, सुनिल धमलाले २७, दिलीप नाथले २३, दिपेन्द्रसिंह ऐरीले २१ र योगेन्द्रसिंह कार्कीले १४ रन बनाए ।

आर्मीका साहब आलमले दुई विकेट लिँदा जितेन्द्र मुखिया, सोमपाल कामी, सुसन भारीले समान एक विकेट लिए ।  यसअघि टस जितेर ब्याटिङमा आएको आर्मीले निर्धारित १९ ओभरमा पाँच विकेट गुमाएर एक सय ७७ रनको योगफल तयार गरेको थियो ।

आर्मीका कप्तान विनोद भण्डारीले सर्वाधिक ६६ रन बनाएका थिए । विनोदले २९ बलमा दुई चौका र सात छक्का प्रहार गरे । यस्तै, ओपनर अर्जुन साउदले पनि ५३ रनको अर्धशतकीय इनिङ खेले । यसबाहेक, टिमको खातामा भीम सार्कीले १५ रन थप्दा रोहित पौडेल र राजेश पुलामीले समान १४ रन जोडे ।

पुलिसका करण केसीले दुई विकेट लिए । यस्तै, गुल्सन झा र ललित राजवंशीले एक/एक विकेट लिए । आर्मीसँगको हारका बाबजुद पुलिस समूह उपविजेताको रूपमा सेमिफाइनल प्रवेश गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ६ : ०५ बजे

साउदी अरबमा ट्रम्प : इरानलाई रोक्नेदेखि हतियार बिक्रीसम्मको स्वार्थ

रियाद- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प मंगलबार साउदी अरब पुगेका छन्।

वायुसेवा निगमका दुईवटा ट्वीनअटर सञ्चालनमा

काठमाडौं– आन्तरिक उडानतर्फ सञ्चालनमा रहेका नेपाल वायुसेवा निगमका दुईवटा ट्वीनअटर

प्रधानमन्त्री भलिबल कपमा शिवम् सिमेन्टले सहकार्य गर्ने

काठमाडौं– प्रधानमन्त्री कप भलिबल प्रतियोगिताको स्ट्रेन्थ पार्टनरको रुपमा शिवम् सिमेन्टले

प्रधानमन्त्रीको दाबी- अर्थतन्त्रको गाडी लयमा ल्यायौँ, अब त्रिशूलीमा खस्दैन

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिनेपा’ नामक अत्याधुनिक इन्डोर छायाँङ्कन

गोर्खा भर्ती : १४५ तालिम केन्द्रमा छाती नाप्दै युवा

धरान – ‘यदि मेरो सेनामा गोर्खाहरू हुन्थे भने म संसारै