मेलम्ची खानेपानी : तीन दिनभित्र रकम दाबी गर्न आग्रह « Khabarhub

मेलम्ची खानेपानी : तीन दिनभित्र रकम दाबी गर्न आग्रह


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेलम्ची खानेपानी आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदलले आन्दोलनरत स्थानीय ठेकेदार, मजदुर र सप्लायर्सलाई तीन दिनभित्र रकम दाबी गर्न आग्रह गरेको छ ।

बुधबार आयोजनाको काम सञ्चालन गर्न बनेको कार्यदल बैठकले रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको हो ।

मेलम्ची खानेपानी आयोजना निर्माणको काम इटालियन कम्पनी सीएमसीले छाडेपछि बाँकी रकमको माग गर्दै आन्दोलन गरिरहेकालाई तीन दिनभित्र आधिकारिक प्रमाणसहित आफ्नो भुक्तानी लिन बाँकी रकम दाबी गरी कार्यदललाई बुझाउन आग्रह गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई यसअघि फर्काइदिएका स्थानीय ठेकेदारले गत सोमबार बसेको बैठकमा दुई बुँदे सहमतिपछि काम सञ्चालन गर्न दिने सहमति भएको थियो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको अगुवाइमा मेलम्चीमा भएको सरोकारवालाहरुको बैठकमा सो सहमति जुटेको हो । असार २१ भित्र माग सम्बोधन गर्ने गरी सुनुवाइ नभए फेरि पनि आयोजनाको काममा अवरोध गर्ने स्थानीय सङ्घर्ष समितिका अध्यक्ष उत्तरकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ११ : १२ बजे

भोटेकोसी बाढीपीडितको उद्धारमा सेनासहितको टोली, १२ जनालाई हेलिकप्टर सुरक्षित स्थानमा लग्यो

काठमाडौं- भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवाका नागरिकको उद्धार धमाधम

सांसदको प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम स्थगित

काठमाडौं– प्रतिनिधिसभा बैठकमा आज हुने भनिएको प्रधानमन्त्री वालेन्द्र शाहसँगको प्रत्यक्ष

बाढीबाट प्रभावित बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा

काठमाडौं– नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको

भोटेकोसीको बाढीमा फसेकाको गुहार : राज्य छ भने हेलिकोप्टरले उद्धार गरिदिनुस्

काठमाडौं- भोटेकोसी नदीमा आएको भीषण बाढीपछि रसुवाको मैलुङमाथि जंगलको ओडारमा

फुर्केखोलाको पुल बगेपछि धादिङ सदरमुकाम पृथ्वीराजमार्गसँग सम्पर्क बिच्छेद

काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण धादिङ फुर्केखोलाको पुल बगेपछि धादिङ