पहिरोले मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध « Khabarhub

पहिरोले मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका सिस्नेरी सडकखण्डमा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा खसेको पहिराका कारण उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

उक्त पहिरो स्थानीय सरकारको समन्वयमा सडक विभागका प्राविधिकले हटाउने प्रयास भइरहेको र अपराह्नसम्ममा यातायात सञ्चालनमा ल्याउने इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए । पहिराका कारण हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दूरीको मार्ग भएर सञ्चालन हुने साना सवारीसाधन वैकल्पिक सडक प्रयोग गरेर चलिरहेका छन् । बर्खायाम लागेसँगै विभिन्न स्थानमा पहिराका कारण यातायात अवरुद्ध हुने गरेको छ ।

यस्तै, काठमाडौँ जोड्ने, पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजमार्ग, कान्तिराजपथ, कुलेखानी सडकखण्डमा भने यातायात सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १० : ३३ बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त