क्यान्सर रोगीको सङ्ख्या बढ्दो | Khabarhub Khabarhub

 क्यान्सर रोगीको सङ्ख्या बढ्दो


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बनियानी– झापाको कचनकवल गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या दोब्बरले बढेको छ । पछिल्लो समय गाउँपालिकामा क्यान्सर रोगीको सङ्ख्या बढेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वरप्रसाद यादवले जानकारी दिए  । विसं २०७८ साउन ११ गतेदेखि २०७९ भदौ ११ गतेसम्म २८ जना क्यान्सर रोगीले उपचार सहुलियतका लागि सिफारिस लिएको उनले जानकारी दिए ।

अघिल्लो वर्ष १२ क्यान्सर रोगीले उपचार सहुलियतका लागि सिफारिस लिएको उनले बताए । ‘पहिला वर्षको पाँच/छ जनाले सिफारिस लिने गरेका थिए’, उनले भने, ‘पछिल्लो समय क्यान्सर रोगीको सङ्ख्या बढ्दै गएको छ ।’

‘अस्वस्थ्य खानपान र जीवनशैली नै क्यान्सरको मुख्य कुरा हो’, स्वास्थ्य शाखा प्रमुख यादवले भने, ‘सीमामा क्वारेन्टाइन राख्न जरुरी छ ।’ कचनकवल भारतसँग सीमा जोडिएको गाउँपालिका हो । यहाँका मानिस स-साना खाद्य सामग्रीसमेत लिन सीमावर्ती भारतीय बजार जाने गर्दछन् । सीमामा क्वारेन्टाइन नहुँदा बिना परीक्षण खाद्य सामग्री भित्रिने गरेको छ ।

बिर्तामोडस्थित कृषिथोक बजारमा भारतबाट आयात हुने सागसब्जीमा विषादीको मात्रा धेरै पाइएपछि आयातमा कडाइ गरिएको थियो । तर यहाँका सीमावर्ती बजारबाट सागसब्जीदेखि अन्य घरायसी उपभोग्य वस्तु बिनापरीक्षण सोझै भित्रिने गरेको छ ।

त्यस्तै गाउँपालिकाबाट ११ मिर्गौला रोगी र सात मुटुसम्बन्धी रोगीले उपचार सहुलित र डायलायसिसका लागि सिफारिस लिएका छन् । क्यान्सर रोगीलाई उपचार सहुलितका लागि भरतपुर क्यान्सर अस्पताल, भक्तपुर, धरान, पूर्वाञ्चल क्यान्सर अस्पतला बिर्तामोडलगायतका अस्पतालमा सिफारिस दिने गरेको छ । उक्त सिफारिसका आधारमा बिरामीले रु एक लाख बराबरको उपचारमा सहुलियत पाउने गरेका छन् ।

गाउँपालिकाले समेत क्यान्सर रोगीलाई उपचारका लागि रु १० हजारदेखि २५ हजारसम्म आर्थिक सहयोग गर्ने गरेको गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । “उपचारमा सहयोग मिलोस् भनेर यातायात खर्चका रूपमा केही रकम सहयोग गर्ने गरेका छौँ”, उनले भने ।

त्यस्तै गाउँपालिकाले सुत्केरी महिलालाई पोषण खर्चवापत घरमै पुगेर तीन हजार र मृत्यु संस्कारमा रु पाँच हजार गाउँपालिकावासीलाई दिने गरेको छ । संघीय सरकारको लगानीमा गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माणाधीन छ भने एकवटा प्राथमिक स्वास्थ्य केन्द्र, नौवटा स्वास्थ्यचौकी र दुई आधारभूत स्वास्थ्य केन्द्रबाट गाउँपालिकावासीले स्वास्थ्य सेवा लिँदै आएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १ : ५१ बजे

सरकारको दमनप्रति राप्रपा नेपालद्वारा निन्दा, प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले जेन-जी पुस्ताले आह्वान गरेको

बालुवाटारमा मन्त्रिपरिषद् बैठक 

काठमाडौं– नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ

शीर्ष नेतृत्वप्रति आन्दोलनकारीको कटाक्ष– ‘खाडीमा युवा बेच्नेलाई बहिष्कार गरौँ’

काठमाडौं- सोमबार नयाँ बानेश्वरबाट जेनजीको विरोध प्रर्दशनको रिपोर्टिङ सकेर टेम्पोमा

अस्पतालमा रगत अभाव भए १११५ मा फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं– सोमबार भएको जेन-जीहरूको प्रदर्शनका क्रममा घाइते भएका नागरिकको उपचारका

निजामती कर्मचारी अस्पतालमा १३५ घाइतेको उपचार हुँदै 

काठमाडौं– नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा जेन-जी प्रदर्शनमा घाइते भएका