सिरियालाई सहयोग गर्न राष्ट्रसङ्घ महासचिवको आह्वान « Khabarhub

सिरियालाई सहयोग गर्न राष्ट्रसङ्घ महासचिवको आह्वान


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सिरियाका लागि सहयोग गर्न आह्वान गरेका छन् । सिरियाका लागि मानवीय सहायता आवश्यक रहेकाले त्यसका लागि आवश्यक सहयोग गर्न आग्रह महासचिव गुटरेसले आह्वान गरेका हुन् ।

उनले सिरियाका नागरिकलाई जीविकाका लागि नै सहयोग गर्नुपर्ने भएकाले त्यसका लागि आवश्यक सहयोग रकम उपलब्ध गराउन माग गरेका हुन् ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको बैठकमा महासचिव गुटरेसले विश्व समुदायलाई नै सो आग्रह गरेको समाचारमा जनाइएको छ ।

उनले सिरियाली नागरिकको जीवन बचाउने योजनाका लागि संयुक्त राष्ट्रसङ्घले केही कार्यक्रमहरु बनाएको र त्यसका लागि यस वर्षमात्र कम्तीमा पनि चार करोड ४० लाख अमेरिकी डलर रकम चाहिएको बताए ।

सो रकम सिरियाली नागरिकको जीवन बचाउनका लागि अत्यावश्यक पर्ने मानवीय सहयाताका लागि मात्र आवश्यक रहेको उनले जानकारी दिए ।

साथै उनले यसबाहेक पनि सिरियामा बाहिरबाट आएका शरणार्थी तथा सिरियाबाट भागेर बाहिरिएका शरणार्थीहरुका लागि पनि थप ६१ लाख अमेरिकी डलर आवश्यक रहेको बताए ।

यो सबै गरेर सन् २०२२ का लागि मात्र सिरियाका लागि एक करोड ५ लाख अमेरिकी डलर आवश्यक रहेको जानकारी दिए ।

विगत लामो समयदेखिको आन्तरिक विद्रोह तथा खडेरी लगायतका कारणले गर्दा सिरियाको आर्थिक अवस्था निकै नाजुक रहेको र बालबालिका समेत कुपोषणको शिकार हुदै गएका बताउँदै उनले यस्तो अवस्थामा सिरियाका लागि विशेषतः मानवीय सहयता चाहिएको पनि सो बैठकमा जनाए ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ४ : ३६ बजे

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले

विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छ : सञ्चारमन्त्री

ललितपुर – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई

भारतीय प्रधानमन्त्री मोदीलाई प्रधानमन्त्री शाह र सभापति लामिछानेको बधाई

काठमाडौं – सार्वजनिक जीवन यात्राको २५औँ वर्षगाँठ मनाइरहेका भारतीय प्रधानमन्त्री

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप