स्विडेनकी प्रधानमन्त्रीद्वारा राजीनामा | Khabarhub Khabarhub

स्विडेनकी प्रधानमन्त्रीद्वारा राजीनामा


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आम निर्वाचनमा दक्षिणपन्थी समूह झिनो बहुमतले विजयी भएपछि स्विडेनकी प्रधानमन्त्री माग्दालेन एन्डरसनले औपचारिक रूपमा राजीनामा दिएकी छन् ।

स्विडेनको सोसल डेमोक्रयाटिक पार्टीबाट प्रधानमन्त्री बनेकी एन्डरसनले स्विडेनको संसदमा राष्ट्रवादी एवम् अध्यागमन विरोधी समूह सम्मिलित दक्षिणपन्थी गुट झिनो अन्तरले विजयी भएपछि दिएकी हुन् ।

एन्डरसनले स्विडेनको तीन सय ४९ सदस्यीय संसद् रिक्सडागका सभामुख एन्ड्रियास नोर्लेनसमक्ष औपचारिक रूपमा राजीनामा दिएकी हुन् । सभामुखले उनको राजीनामा स्वीकृत गरेको जनाइएको छ । उनले नयाँ सरकार गठन नभएसम्म कामचलाऊ प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हाल्नेछिन् ।

सभामुख नोर्लेनले आगामी साता पार्टीका नेताहरूसँग वार्ता सुरु गर्ने जानकारी दिएका छन् । उनले दक्षिणपन्थी नेता उल्फ क्रिस्टर्सनलाई गठबन्धन सरकार गठनको प्रयास गर्न आग्रह गर्ने अपेक्षा गरिएको छ ।

आइतबारको आम निर्वाचनमा दक्षिणपन्थी समूहले एक सय ७६ र बामपन्थी गुटले एक सय ७३ स्थानमा जित हासिल गरेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ७ : ४४ बजे

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

जुम्ला – सडक भासिएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग एकतर्फी रूपमा

गौरीघाटमा जलसतहले सतर्कता तह नाघ्यो

काठमाडौं – काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा अहिले जलसतहले सतर्कता तह

इजरायली आक्रमणमा छ सिरियाली सैनिकको मृत्यु, दमास्कसद्वारा निन्दा

दमास्कस – सिरियाले इजरायली ड्रोन आक्रमणमा छ सैनिकको मृत्यु भएको

जुवातास खेल्ने ९ जना पक्राउ, दुई लाख भन्दा धेरै रकम बरामद

काठमाडौं – प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ

हराएकी ‘कबड्डी मैया’ ‘रिमै’मा भेटिइन् !

काठमाडौं – ‘जे लेखिएको छ त्यो भएरै छाड्छ’ भन्ने भनाइ