प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ? « Khabarhub

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्नति हुने निर्धारित समय तालिका थप गरेको छ । 

शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले अति कम विकसित राष्ट्रको सूचीबाट नोभेम्बर २०२६ मा हुने भनिएको नेपालको स्तरोन्नतिको निर्धारित समय तालिका ३ वर्ष अर्थात् नोभेम्बर २०२९ सम्म पछाडि सार्न संयुक्त राष्ट्रसंघलाई अनुरोध गरे बमोजिम राष्ट्रसंघ महासभाबाट सर्वसम्मत रूपमा प्रस्ताव पारित भएको जानकारी दिए । 

यस निर्णयबाट नेपाललाई थप ३ वर्षको तयारी समय प्राप्त भएको हुनाले एलडिसीको सूचीबाट नेपालको स्तरोन्नति सहज र दिगो हुने विश्वास गरिएको उनले बताए ।  

त्यस्तै उनले आगामी ९ देखि २० नोभेम्बरसम्म टर्कीमा आयोजना हुने विश्व जलवायु सम्मेलन (कोप३१) मा नेपालको उच्चस्तरीय सहभागिता हुने गरी अहिलेदेखि नै तयारी कार्य अगाडि बढाइएको जानकारी दिए ।

कोपमा नेपाल र गणतन्त्र कोरियाबीच जलवायु परिवर्तनसम्बन्धी सहकार्यका लागि ’फ्रेमवर्क एग्रिमेन्ट अन कोअपरेसन अन क्लाइमेट चेन्ज’ मा हस्ताक्षर हुने गरी गृहकार्य भइरहेको उनले बताए । 

त्यस्तै उनले सम्मेलनको साइडलाइनमा नेपाल र अन्य पर्वतीय मुलुकहरूको सहकार्यमा जलवायु परिवर्तन र पर्वतीय मुद्दाहरूबारे एक विशेष कार्यक्रम आयोजना गर्ने तयारी पनि गरिएको जानकारी दिए ।

प्रवक्ता पौडेलले दुवै पक्षलाई अनुकूल हुने गरी प्रधानमन्त्रीको भारत भ्रमणको आवश्यक तयारी भइरहेको भएपनि भ्रमणको मिति भने अझै तय नभएको उल्लेख गरे । 

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ४ : ०२ बजे

एनपीएलमा लोकेश बम सर्वाधिक रन बनाउने खेलाडीको शीर्ष स्थानमा, कसले कति रन बनाए ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत छैटौं म्याच

शिक्षामन्त्री पोखरेलसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट

काठमाडौं– नेपालका लागि अमेरिकी चार्जे डि’अफेयर्स (कार्यवाहक राजदूत) मेगन बोल्डिन

उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी

काठमाडौं- भारतको उत्तरी राज्य उत्तराखण्डमा पाँच तीर्थालुसहित छ जना सवार

काठमाडौँमा कात्तिक १७ देखि चौथो तिहार फ्लोरा एक्स्पो हुने

काठमाडौं– नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्य नजर गर्दै कार्तिक

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको