रोटरीद्वारा काभ्रेका किसानलाई बाख्रापालनका लागि सहयोग | Khabarhub Khabarhub

रोटरीद्वारा काभ्रेका किसानलाई बाख्रापालनका लागि सहयोग


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेको मण्डनदेउपुर वडा नं ९ को श्री संघर्षशील महिला सहकारी संस्थाका २५ महिला सदस्यहरुले बाख्रापालनको लागि सहयोग पाएकाछन् ।

रोटरी क्लवको ‘नेपाल गोट फार्मिङ्ग प्रोजेक्ट जीजी–२१२७९९७’ मार्फत उनीहरुले बाख्रापालनका लागि खोर निर्माण सहित २ वटाका दरले बाख्रा पाएका हुन् । परियोजनाले सहकारीको लागि दुई वटा बोयर जातका बोका, खोप, औषधि, पशु बिमा र बाख्रापालनका लागि सहयोग समेत पाएका छन् ।

परियोजनाले सोमबार बाख्रा वितरण कार्यक्रम राखेको थियो । परियोजनाले पहिलो चरणमा २५ जना किसानलाई सहयोग गरिएको र थप २५ जनालाई सहयोगको तयारी भइरहेको रोटरी क्लब अफ गोंगबुका अध्यक्ष महेश्वरमान सिंह बस्नेतले जानकारी दिए ।

आर्थिक विकास बिना समग्र विकास सम्भव नभएको र आर्थिक ससक्तिकरण बिना महिला शसक्तिकरण सम्भव नहुने मान्यताका साथ परियोजनाले काम गरेको अध्यक्ष बस्नेतको भनाई छ ।

 

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ९ : ३५ बजे

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट मैदान निरीक्षण

काठमाडौं– उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित टियु क्रिकेट

एमालेले झण्डामा अंकित हँसिया हथौडाको रंग फेर्‍यो

गोदावरी ललितपुर- नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनबाट पार्टीको झण्डाको रंग

‘विद्या भण्डारी राजनीतिमा आउने होइन, संरक्षक भएर बस्‍नुपर्छ’

ललितपुर- प्रमुख सत्तारूढ नेकपा एमालेले यतिबेला लतिपुरको गोदावरीमा दोस्रो महाधिवेशन

ग्रीसको आर्थिक नीति सशक्त बन्दै : कर छुट र श्रमिक हितमा जोड

एथेन्स– ग्रीसका प्रधानमन्त्री क्यरियाकोस मित्सोताकिसले शनिबार २०२६ का लागि १.६

सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु

सिराहा– सिरहा नगरपालिका-१९ जोगिया टोल बस्ने ५० वर्षीया सुलेना देवी खत्बे