रोटरीद्वारा काभ्रेका किसानलाई बाख्रापालनका लागि सहयोग « Khabarhub

रोटरीद्वारा काभ्रेका किसानलाई बाख्रापालनका लागि सहयोग


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काभ्रेको मण्डनदेउपुर वडा नं ९ को श्री संघर्षशील महिला सहकारी संस्थाका २५ महिला सदस्यहरुले बाख्रापालनको लागि सहयोग पाएकाछन् ।

रोटरी क्लवको ‘नेपाल गोट फार्मिङ्ग प्रोजेक्ट जीजी–२१२७९९७’ मार्फत उनीहरुले बाख्रापालनका लागि खोर निर्माण सहित २ वटाका दरले बाख्रा पाएका हुन् । परियोजनाले सहकारीको लागि दुई वटा बोयर जातका बोका, खोप, औषधि, पशु बिमा र बाख्रापालनका लागि सहयोग समेत पाएका छन् ।

परियोजनाले सोमबार बाख्रा वितरण कार्यक्रम राखेको थियो । परियोजनाले पहिलो चरणमा २५ जना किसानलाई सहयोग गरिएको र थप २५ जनालाई सहयोगको तयारी भइरहेको रोटरी क्लब अफ गोंगबुका अध्यक्ष महेश्वरमान सिंह बस्नेतले जानकारी दिए ।

आर्थिक विकास बिना समग्र विकास सम्भव नभएको र आर्थिक ससक्तिकरण बिना महिला शसक्तिकरण सम्भव नहुने मान्यताका साथ परियोजनाले काम गरेको अध्यक्ष बस्नेतको भनाई छ ।

 

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ९ : ३५ बजे

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)

विधायन व्यवस्थापनसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको दुईवटा समितिको बैठक बस्दैछ ।