प्रधानाध्यापक शर्मामाथिको दुर्व्यवहारको निन्दा | Khabarhub Khabarhub

प्रधानाध्यापक शर्मामाथिको दुर्व्यवहारको निन्दा


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल शिक्षक महासङ्घले डिल्लीबजारस्थित विजय स्मारक माविका प्रधानाध्यापक एवं नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, काठमाडौँ जिल्ला अध्यक्ष डिल्लीप्रसाद शर्मामाथि दुव्र्यवहार भएकामा घटनाको निन्दा गरेको छ ।

शर्मालाई यही भदौ २९ गते नेकपा (क्रान्तिकारी माओवादी), निकट अखिल (क्रान्तिकारी) का विद्यार्थी समूहले कार्यकक्षमा मोसो दलेर दुव्र्यवहार गरेका थिए । महासङ्घका अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदीले आज विज्ञप्ति जारी गरी देशका कर्णधार बालबालिकाको भविष्य निर्माण गर्ने विद्यालय जस्तो पवित्रस्थललाई आफ्नो राजनैतिक क्रिडास्थल नबनाउन र समग्र शिक्षा क्षेत्रलाई शान्ति क्षेत्रका रूपमा कायम राख्न आग्रह गरेकी छन् ।

विज्ञप्तिमा घटनामा संलग्न दोषीलाई कडा कारबाही र विद्यालयमा भयमुक्त वातावरण सिर्जना गर्न नेपाल सरकारसँग माग गरिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  १० : १८ बजे

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय

इरानले भन्यो – अमेरिकासँग वार्ताबारे निर्णय गर्न समय लाग्छ

एजेन्सी – इरानका विदेशमन्त्री सैयद अब्बास आराघचीले संयुक्त राज्य अमेरिकासँग

पारदर्शी र खुला प्रक्रियाद्वारा जहाज थप गरिँदैछ : मन्त्री पाण्डे

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल

कांग्रेसको निष्कर्ष- अहिलेलाई एमालेसँगको गठबन्धनको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसले नेकपा एमालेसँगको गठबन्धनको अर्को विकल्प नरहेको निष्कर्ष