लमजुङमा दसैं लक्षित बजार अनुगमन | Khabarhub Khabarhub

लमजुङमा दसैं लक्षित बजार अनुगमन


३० भाद्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङमा दसैं लक्षित बजार अनुगमन भएको छ । लमजुङ सदरमुकाम वेसीशहरमा घरेलु तथा साना उद्योग कार्यालय लमजुङको अगुवाइमा बजार अनुगमन गरेको हो ।

बेसीशहर ७ स्थित मनाङेचौतारादेखि पुरानो बैंक चोक सम्म रहेको किराना तथा तरकारी पसल, सप्लार्यस कोल्ड स्टोर्स, सुपर मार्ट, इलोक्ट्रोनिक्स गरी १६ वटा पसलहरूमा अनुगमन गरेका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मिताकुमारी थापाले बताइन्।

अनुगमनका क्रममा केही किराना पसलहरूमा खाद्य वस्तुहरूमा स्टिकर नराखेको, मूल्यसूचि नराखिएको, किराना पसलमा मदिरा तथा सूर्तिजन्य पदार्थ इजाजत पत्र नलिई बेचबिखन गरेको पाइएको छ ।

अनुगमन टोलीले दर्ता नगरी बिक्रीका राखी राखिएका सुर्ती, चुरोट र मदिरा जफत गरेको छ भने म्याद गुज्रेका सामान समेत जफत गरेको छ । अनुगमन क्रममा व्यापारीहरूलाई मूल्यसूचि अनिवार्य राख्न, समयमै पसल नवीकरण गर्न, फलफूल तरकारी बिक्री गर्ने पसलहरूलाई कारोबार थप गर्न निर्देशन दिइएको घरेलु कार्यालयका प्रमुख थापाले बताइन ।

नियम विपरीत सञ्चालन भएको दुई वटा पसललाई जिल्ला प्रशासन कार्यालयले एकरएक हजार जरिवाना समेत लगाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७९, बिहीबार  ११ : १६ बजे

अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश

पाल्पाको जङ्गलमा डढेलो

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन

नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे सर्वसम्मत चयन

भादगाउँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा पुनः नारायणमान

प्रधानमन्त्री कप क्रिकेट : कैलाली फाइनलमा प्रवेश

बैतडी – प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम

अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउदै

काठमाडौं – अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको