नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : प्रदेशमा खोटाङलाई चार स्वर्ण  « Khabarhub

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : प्रदेशमा खोटाङलाई चार स्वर्ण 


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ- नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीता अन्तरगत प्रदेशस्तरीय प्रतिस्पर्धामा खोटाङले चार स्वर्ण जितेको छ । प्रदेश १ का विभिन्न स्थानमा सञ्चालन भइरहेको प्रदेशस्तरीय प्रतियोगितामा पौडीमा क्रिस राईले दुई स्वर्ण जितेका छन् ।

उनले फ्रिस्टाइलमा एक र ब्रेष्टओमा एक स्वर्ण जितेको जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले बताए । यस्तै, भारोत्तलनमा ज्योती थापाले एक स्वर्ण तथा सितोरियो करातेतर्फ महिला समुह काँतामा समिता राई, विद्याकला राई र रोश्मा राईले एक स्वर्ण पदक जितेकी छन् ।

यस्तै, १५०० मिटर दौडमा दिर्पा बस्नेतले एक रजत, ४०० मिटर दौडमा इन्दिरा श्रेष्ठले एक रजत र सटफुटमा गणेश बस्नेतले एक रजत जितेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रदेश स्तरिय प्रतियोगीताका लागि खोटाङबाट सितोरियो कराते, फुटबल, भलिबल, एथ्लेटिक्स, व्याडमिन्टन, उसु, तेक्वान्दो, बक्सिङ, बुद्धिचाल, टेवलटेनिस, शारीरिक सुगठन, पौडी, भारोत्तलन र सफ्ट टेनिसका १५८ खेलाडी छनौट भएका थिए ।

प्रदेशमा स्वर्ण पदक विजेताले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने छन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने तालिका प्रकाशित छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ११ : २६ बजे

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब