विभिन्न स्थानमा चार जना मृत फेला    « Khabarhub

विभिन्न स्थानमा चार जना मृत फेला   


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला परेका छन् । 

भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोट धारापाटी बस्ने ६३ वर्षीया रत्न कुमारी राई आफ्नै घरमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । 

दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरस्थित मानव कल्याण सेवा समाजको घरमा भारतीय नागरिक रुपसिंह नाम बताउने करिब ४२ वर्षीय पुरुष आफ्नै विस्तारामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

झापाको भद्रपुर नगरपालिका-७ बस्ने ४३ वर्षीय गोविन्द श्रेष्ठ आफ्नै घरको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् । सल्यानको कालिमाटी गाउँपालिका-५ खेरेलास्थित गोठरी खोलामा हाल पहिचान नखुलेका एक जना पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १२ : २५ बजे

टप एन्ड टी–२० सिरिज : आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा आज नेपाल ‘ए’

‘एडल्ट’ सर्टिफिकेट पाउँदैमा फिल्म अश्लील हुँदैन !

काठमाडौँ- वयस्क दर्शकलाई केन्द्रित गरी बनाइएका फिल्म नै ‘एडल्ट’ हुन्

उपभोक्ताको रोजाइमा कर्णालीको स्याउ

बाँके– भारतीय सीमावर्ती सहर नेपालगञ्जमा यतिबेला कर्णालीको स्याउले भारतीय स्याउलाई

म्याग्दीको घुमाउने ताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउने ताल–मौवाफाँट सडक

ओखलढुंगाको चार्खुमा आगलागी हुँदा दुई घर जलेर नष्ट, २६ लाख बराबरको क्षति

ओखलढुङ्गा– ओखलढुंगाको सिद्धिचरण नगरपालिका–४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट (सर्ट)