टुकुचामा पौडी खेलेको स्मरण गर्दै कमल थापाले बालेन र सुनितालाई भने स्याबास ! « Khabarhub

टुकुचामा पौडी खेलेको स्मरण गर्दै कमल थापाले बालेन र सुनितालाई भने स्याबास !


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौँको टुकुचामा पौडी खेलेको स्मरण गर्दै काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललाई धन्यवाद दिएका छन् ।

बिहीबार काठमाडौँ महानगरपालिकाले जय नेपाल हलमा डोजर लगाई टुकुचा खोलाको खोजी कार्य सुरु गरेपछि थापाले उनीहरूलाई धन्यवाद दिएका हुन् ।

‘स्याबास बालेन! स्याबास सुनिता ! हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि बालेन र सुनितालाई धन्यवाद,’ थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडी खेलेको रमाइलो सम्झना अझै ताजा छ ।’

राप्रपा नेपालका अध्यक्ष थापाले काठमाडौँका खोला–नाला सफा, स्वच्छ र कलकल बग्ने होस् भन्ने कामना समेत गरेका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १ : ११ बजे

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल