बजार अनुगमन गर्न सरकारलाई समितिकाे निर्देशन « Khabarhub

बजार अनुगमन गर्न सरकारलाई समितिकाे निर्देशन


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समितिले अखाद्य वस्तुको मिसावट र कालोबजारी रोक्न सरकारका विभिन्न निकायलाई निर्देशन दिएको छ । 

‘बजार अनुगमन, मूल्यवृद्धि नियन्त्रण, उपभोक्ता हित संरक्षण तथा गुणस्तरीय वस्तुको सहज आपूर्तिका’ सम्बन्धमा सिंहदरबारमा आज बसेको समितिको बैठकले चाडपर्व नजिकिँदै गर्दा अखाद्य वस्तुको मिसावट र कालोबजारी हुनेतर्फ  सजग हुन सरकारलाई आग्रह गरेको छ ।

समितिका सभापति दिलकुमारी रावल थापाले  बैठकमा  अन्तरमन्त्रालय र तीन तहका सरकारको समन्वयमा बजार अनुगमन गरी अहिले भइरहेको मिसावट र कालोबजारी गर्नेलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताए । उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागलाई समितिमा बोलाएर खाद्यान्न वस्तुमा अखाद्य पदार्थ मिसाउन र कालोबजारी गर्नेलाई कारबाही गर्न निर्देशन दिएको जानकारी दिए ।

उनले एकीकृत अनुगमन टोली बनाई बजार अनुगमन गर्नुपर्नेसमेत बताए । ‘चाडपर्वको समयमा सर्वसाधारणलाई झुक्काउन अखाद्य वस्तु मिसावट र धेरै मूल्यमा वस्तु बिक्री गर्ने गरेका हुन्छन’, उनले भने, ‘अनुगमन गरी बजारलाई नियन्त्रण गर्नुपर्दछ ।’ समितिका सदस्य खिमलाल भट्टराईले खाद्य वस्तुमा कृतिम अभाव खडा गर्ने भएकाले सचेत हुनुपर्ने बताए । उनले चिनी, खसी, बोका, भेडा, च्याङ्ग्राको सहज उपलब्धता हुनुपर्ने भन्दै होटेल रेन्टुराँको पनि नियमित अनुगमन गर्नुपर्ने खाँचो औँल्याए ।

समिति अर्का सदस्य इन्दिरा गौतमले अखाद्य बस्तु बेच्नेलाई हदैसम्मको कारबाही गर्नुपर्छ भने। उनले स्वदेशी केरा र स्याउलाई प्राथमिकतामा राख्नुपर्ने भनाइ राखे । अर्का सदस्य जयन्ती राईले बजारमा अखाद्य वस्तु बेच्ने गरेको पाइएको जनाउँदै अनुगमन हुन नसकेको गुनासो गरे। ुव्यापारीले मनपरि वस्तुको मूल्य लिएका छन् । सरकारले अनुगमन गर्न सकेको छैन’, उनले भने, ‘अहिले दैनिक र अरु बेला साप्ताहिकरुपमा अनुगमन गर्नुपर्दछ ।’

समितिका अर्का सदस्य रामचन्द्र रायले सरकारले ल्याएको नीति, नियम कार्यान्वयन नगरेको हुनाले बजारमा विचौलिया बढेको बताए । उनले सुपथ मूल्यका पसल सञ्चालन गर्नुभन्दा मूल्य नियन्त्रणमा ध्यान दिनुपर्ने भनाइ राखे ।  

समितिका  सदस्य इन्दु कँडेलले बजार अनुगमन नहुँदा व्यापारीको मनोमानी बढेको बताए । उनले सुपथ मूल्यका पसलमा धनी वर्गको मात्र पहुँच बढेको जनाउँदै नेपाल भारत सीमा क्षेत्रमा अखाद्य वस्तु बढी मिसावट हुने गरेको बताए । 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा तोयनारायण ज्ञवालीले मन्त्रालयको क्षमताअनुसार बजार अनुगमनलाई प्रभावकारी बनाइने जानकारी दिए । उनले वैशाखयता एक हजार चार सय व्यापारी फर्ममा अनुगमन गर्दा ८३ लाख ११ हजार राजस्व संकलन गरिएको बताए ।

उपभोक्त संरक्षण विभागका महानिर्देशक महेश भट्टराईले आगामी असोज २ गतेबाट १०  सयुक्त अनुगमन टोलीले बजार अनुगमन गर्ने जानकारी दिए । उनले अखाद्य वस्तुको मिसावट र कालोबजारीबारे सर्वसाधारणलाई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताए । उनका अनुसार यही भदौ ३० गते पाँच सय ५६ व्यापारी फर्ममा अनुगमन गर्दा एक सय सात व्यापारी फर्मबाट अखाद्य वस्तु र म्याद गुज्रेका सामान बरामद गरी २१ लाख जरिवाना गरिएको थियो ।

नापतौल विभागका महानिर्देशक दिनानाथ मिश्रले नापतौलका सामग्रीको नियमित अनुगमन गरिरहेको जानकारी दिए । 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ४ : १८ बजे

डोजर रोक्न माग गर्दै सुकुम्बासीले घेरे रास्वपा कार्यालय (तस्बिरहरू?

काठमाडौं– सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुम्वासी बस्ती खाली गर्ने

मधेस प्रदेशसभाको अधिवेशन मध्यरातदेखि अन्त्य हुने

महेन्द्रनगर– मधेस प्रदेशसभाको चालु अधिवेशन आज मध्यरातदेखि अन्त्य हुने भएको

काठमाडौंमा दुई प्रतिशत वास्तविक सुकुम्वासी, अरू ‘हुकुमबासी’

काठमाडौं– भूमि समस्या समाधान आयोगमा वैशाख १० गते बिहीबारसम्म काठमाडौं

बस्ती छाड्ने तरखरमा थापाथलीका सुकुम्वासी (तस्बिरहरू)

काठमाडौं– प्रहरीले बिहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेसँगै अहिले थापाथलीस्थित बागमती

धानमा गवाँरो र मकैमा फौजीकिराको समस्या

चितवन– चितवनमा लगाइएको चैते धानमा गवाँरोको समस्या देखिएको छ ।