चिनियाँ राष्ट्रपति सी जिन्पिङ र इरानी राष्ट्रपति इब्राहिम रइसीबीच भेटवार्ता « Khabarhub

चिनियाँ राष्ट्रपति सी जिन्पिङ र इरानी राष्ट्रपति इब्राहिम रइसीबीच भेटवार्ता


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ राष्ट्रपति सी जिन्पिङले शुक्रबार बिहान उज्बेकिस्तानको समरकन्द सहरस्थित फोरमलार मजमुआसी कम्प्लेक्समा इरानी राष्ट्रपति इब्राहिम रइसीसँग भेटवार्ता गरेका छन् ।

भेटवार्ताका क्रममा दुई देशबीचको बृहत् रणनीतिक साझेदारीलाई सुदृढ र विकास गर्नु दुबै पक्षको साझा रणनीतिक छनौट भएको सीले बताए । चीनले इरानसँगको सम्बन्धलाई रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट हेरेको उल्लेख गर्दै राष्ट्रपति सीले द्विपक्षीय सम्बन्धमा नयाँ प्रगति गर्न इरानसँग रणनीतिक सञ्चार र समन्वय बढाउन तयार रहेको समेत बताए ।

सीले चीनको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको रक्षा गर्न इरानलाई सहयोग गर्ने र विकासोन्मुख देशहरूको साझा हित र आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई कायम राख्न इरानसँग मिलेर काम गर्ने कुरामा जोड दिएका छन् ।

‘दुबै पक्षले आ–आफ्नो बृहत् सहयोग योजना कार्यान्वयन गर्न, बेल्ट एण्ड रोड सहयोगलाई अगाडि बढाउन सक्रिय प्रयास गर्नुपर्छ र सहयोगको थप उपलब्धि हासिल गर्न प्रयास गर्नुपर्छ’ सीले भने ।

ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) र ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) मा सामेल हुन इरानलाई स्वागत गरिने भन्दै सीले साङ्घाई सहयोग संगठन (एससीओ) को पूर्ण सदस्य भएकोमा इरानलाई बधाई समेत दिएका छन् । इरानसँग निकट समन्वय र सहयोगका लागि तयार रहेको पनि सीले बताएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ४ : २९ बजे

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००