भियतनाममा एक लाख २० हजारभन्दा धेरै भ्रष्टाचारजन्य मुद्दामाथि अनुसन्धान सुरु « Khabarhub

भियतनाममा एक लाख २० हजारभन्दा धेरै भ्रष्टाचारजन्य मुद्दामाथि अनुसन्धान सुरु


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिणपूर्वी एसियाली मुलुक भियतनामले यस वर्षमात्र भ्रष्टाचारका एक लाख २० हजार भन्दा बढी मुद्दामाथि अनुसन्धान थालेको छ ।

त्यहाँको भ्रष्टाचारजन्य क्रियाकलापको अनुसन्धान गर्ने निकायले जनाएअनुसार १ लाख २० हजार भन्दा मुद्दामाथि अनुसन्धान सुरु गरिएको छ ।

भियतनाम सरकारको भ्रष्टाचार निवारण अभियान अन्तर्गत यस वर्षमात्र ती मद्दाहरुमाथि अनुसन्धान थालेएको र अधिकांशमा कारवाही प्रक्रिया पनि अघि बढाएको बताइएको छ ।

भियतनामको समाचार समितिले भ्रष्टाचार नियन्त्रण गर्ने निकायले एक लाख २० हजारभन्दा बढी भ्रष्टचारजन्य मुद्दाहरुको अनुसन्धान थालेको समाचारमा उल्लेख गरेको हो ।

सरकारले भ्रष्टाचारजन्य अपराधको अनुसन्धान र कारवाहीलाई अभियानका रुपमा अघि बढाएको छ । सोही बमोजिम सो निकायले आफ्नो काम सुरु गरेको र यसवर्षमात्र यी मुद्धाहरुमाथि अनुसन्धान र कारवाही थालिएको जनाइएको छ ।

भियतनाममा भ्रष्टाचारजन्य गतिविधि निकै बढेको गुनासोका आधारमा सरकारले यो अभियान सुरु गरेको हो । यसवर्ष भियतनाम सरकारले यस कार्यलाई प्राथमिकताका साथ अघि बढाइने जनाएको छ ।

यो अभियानबाट भ्रष्टाचारजन्य क्रियाकलापहरुमा संलग्न भएका कैयौँ व्यक्तिमाथि कारवाही हुनुका साथै ठूलो रकम राजस्वका रुपमा प्राप्त हुने पनि बताइएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ५ : ५२ बजे

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक