कोभिड १९ बाट फिलिपिन्समा थप २ हजार सङ्क्रमित, ३१ जनाको मृत्यु « Khabarhub

कोभिड १९ बाट फिलिपिन्समा थप २ हजार सङ्क्रमित, ३१ जनाको मृत्यु


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिलिपिन्समा पछिल्लो २४ घण्टामा मात्र कोभिड १९ बाट दुई हजार एक सय ४१ जना सङ्क्रमित भएका छन् । यो समेत गरी न्यहाँ अहिलेसम्म ३९ लाखभन्दा बढी व्यक्तिमा कोभिड १९ को सङ्क्रमण भएको जनाइएको छ ।

साथै त्यहाँ कोभिडका कारण पछिल्लो २४ घण्टामा मात्र ३१ जनाको ज्यान गएको फिलिपिन्सको स्वास्थ्य विभागले जानकारी दिएको छ ।

यो समेत हालसम्म फिलिपिन्समा ६२ हजार चार सय ४७ जनाको कोभिड १९ बाट मृत्यु भएको छ । फिलिपिन्सको राजधानी क्षेत्र मेट्रो मनिलालाई कोभिड १९ ले सबैभन्दा बढी प्रभावित बनाएको छ ।

सो क्षेत्रमा मात्र कम्तीमा पनि एक हजार नयाँ सङ्क्रमित थपिएको बताइएको छ । त्यहाँ गत जनवरीमा एकै दिन ३९ हजार जनामा सङ्क्रमण भएको थियो ।

तर, अहिले भने दैनिक दुई हजार जनाको हाराहारीमा सङ्क्रमित भेटिने गरेका फिलिपिन्सको स्वास्थ्य विभागले जानकारी दिएको छ । हालसम्म फिलिपिन्सको जनसंख्यामध्ये ७२.८ प्रतिशत नागरिकले कोरोनाका विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ५ : ५८ बजे

जनस्वास्थ्य संकट बन्दै विषालु च्याउः हरेक वर्ष कतिले गुमाउँछन् ज्यान ?

वर्षायाम सुरु भएसँगै आकाशबाट पानी पर्दा खेती किसानी गर्ने वर्गलाई

चितवनमा यसरी हुँदैछ रास्वपा महाधिवेशनको तयारी (तस्बिरहरू) 

काठमाडौं- चितवन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको

लोप हुँदै थारु समुदायको ‘ढकिया’

तुलसीपुर– थारु समुदायको पहिचानका रूपमा रहेको ढकिया लोप हुने अवस्थामा

सत्तरी हजार गाईभैँसीलाई खोरेतविरुद्धको खोप

चितवन– यहाँका किसानले पालेका ७० हजार पशुचौपायालाई खोरेतविरुद्धको खोप लगाइएको

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि