सूर्योदय नगरपालिकामा बसपार्क बन्दै | Khabarhub Khabarhub

सूर्योदय नगरपालिकामा बसपार्क बन्दै


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मङ्गलबारे – इलामको सूर्योदय नगरपालिकामा रु ५० करोडको लगानीमा सडक र बसपार्क निर्माण हुने भएको छ । एकीकृत सहरी विकास कार्यक्रमअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाको रु ५० करोड लगानीमा सडक र बसपार्क निर्माण हुने भएको हो ।

बहुवर्षीय आयोजनाका रूपमा सञ्चालन गरिएका सडकअन्तर्गत अन्तुदेखि मानेडाँडा, कन्यामदेखि ग्याबाचोक, छिरुवा छब्बिसे, मानेभञ्ज्याङ गोर्खे बजार र फिक्कल रोडअन्तर्गत छिपिटार शान्तिगोलाई गरेर जम्मा २१ किलोमिटर सडक कालोपत्रे हुने सघन सहरी तथा भवन निर्माण विभागका उपमहानिर्देशक नारायण भण्डारीले जानकारी दिए ।

उनका अनुसार बढ्दो सहरीकरणलाई मध्यनजर गर्दै व्यवस्थित बसोबास र विकास निर्माणलाई ध्यानमा राखेर काम अगाडि बढाइएको हो । एकीकृत विकासअन्तर्गत सूर्योदय नगरपालिकाका विभिन्न वडामा सडक कालोपत्रे गर्न तथा पशुपतिनगरमा बसपार्क निर्माण गरिने नगरप्रमुख रणबहादुर राईले जानकारी दिए । आयोजनाअन्तर्गत पशुपतिनगरमा छ रोपनी जमिनमा रु तीन करोड ७७ लाखको लागतमा बसपार्क निर्माण हुनेछ ।

नगरप्रमुख राईका अनुसार सडक र बसपार्कको बोलपत्र आह्वान भइसकेको छ । उनले चाँडै सम्झौता भएर काम सुरु हुने बताए । विभागका उपमहानिर्देशक भण्डारीले कार्यालयले देशका ५० नगरपालिकामा रु ५० करोड र रु २० करोडका दरका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । नगरभित्रसहित १० योजना विभागबाट सञ्चालन हुने बताइएको छ ।

नगरपालिकाको अन्तु पोखरी, जोरपोखरी र कन्यामको सौन्दर्य अभिवृद्धि आयोजनाअन्तर्गत गरिने छ । यी आयोजनाको बिहीबार सहरी विकासमन्त्री मेटमणि चौधरी र पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरिसकेका छन् । ।

शिलान्यासपछि पूर्वप्रधानमन्त्री खनालले अबको केही वर्षमा सहरीकरण बढ्ने भएकाले बेलैमा त्यसतर्फ ध्यान दिन आग्रह गरे। उनले सहरको विकास भए पनि धेरै पूर्वाधार निर्माण गर्न बाँकी रहेको बताए । सहरी विकासमन्त्री चौधरीले एउटा सहर बन्न आवश्यक पर्ने सबै पूर्वाधार पर्ने गरी आयोजनाले काम थालनी गर्ने बताए । उनले देशका विभिन्न स्थानलाई सहरीकरण गर्ने गरी मन्त्रालयले काम गरिरहेको जानकारी दिए।

यी काम अगाडि बढेसँगै नगरमा विकासले गति लिने नगरपालिकाले जनाएको छ । यस्ता विकासका आयोजनाले पर्यटकीय नगरीका रूपमा विकास भइरहेको सूर्योदय नगपालिकामा अझ धेरै पर्यटक भित्रिने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : ३५ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे १ अंकको वृद्धि

काठमाडौं– साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेपाल

आज राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक

निजामती सेवा विधेयकमा अनधिकृत परिवर्तन गरिनु देश र जनताप्रतिको अपराध : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयक

विधायन व्यवस्थापन र राज्य व्यवस्था समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुई समितिको बैठक बस्दैछ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ ।