नहर बग्दा तापखोला लघुजलविद्युत आयोजना अवरुद्ध | Khabarhub Khabarhub

नहर बग्दा तापखोला लघुजलविद्युत आयोजना अवरुद्ध


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

खोटाङ – बाढीले नहर बगाउँदा खोटाङकै पहिलो लघुजलविद्युत आयोजना अवरुद्ध भएको छ । वर्षाका कारण नहर बगाउँदा केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरमास्थित १८ किलोवाट क्षमताको तापखोला लघुजलविद्युत आयोजना अवरुद्ध भएको हो ।

२०६२ साल वैशाख २५ गतेदेखि विद्युत् बाल्न सुरु गरिएको लघुजलविद्युत आयोजनाको नहर स्थानीय बाछेर्कु खोलाले बगाउँदा विद्युत् अवरुद्ध भएको हो ।

कमेरे माटो भएको ठाउँबाट हरेक वर्षा याममा खोलामा बाढी झर्दा नहरमा क्षति पुग्ने गरेको सप्तेश्वरका वडाध्यक्ष हिमालभक्त राईले बताए । तापखोलाबाट उत्पादन गरिएको विद्युत् सप्तेश्वरका करिब ६०० घरधुरी उपभोक्ताले उपभोग गर्दैआएका थिए । तर राष्ट्रिय प्रशारणलाइन विस्तारका कारण हाल सो लघुजलविद्युत आयोजनाबाट उत्पादित विद्युत् कम मात्रामा उपयोग हुँदै आएको छ ।

अवरुद्ध विद्युत् सुचारु गराउनका लागि स्टिमेटका लागि प्राविधिक खटाइएको केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईले बताए । प्राविधिक स्टीमेटका आधारमा जलविद्युत आयोजनाको नहर मर्मत गर्न आवश्यक आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरिएको गाउँपालिकाले जनाएको छ ।

बाढीले नहर बगाउँदा सप्तेश्वरको मालदेल क्षेत्रको सिँचाइमा समेत समस्या भएको छ । विद्युत् र सिँचाइका लागि उपयोग हुँदै आएको नहर बाढीले बगाएपछि सिँचाई क्षेत्र प्रभावित भएको हो । ‘तापखोला मुहान भएको नहरलाई विद्युत् उत्पादन गर्न र सिँचाइमा प्रयोग गर्दैआएका छौँ,’ वडाध्यक्ष राईले भने, ‘नहरभन्दामाथिबाट कमेरे माटो बगेर बाढीकारुपमा झर्ने गरेको छ । हरेक वर्ष अलिकति पानी पर्ने बित्तिकै बाढी झर्ने गरेको छ ।’

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १० : २२ बजे

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट मैदान निरीक्षण

काठमाडौं– उपप्रधान एवं शहरी बिकासमन्त्री प्रकाशमान सिंहले कीर्तिपुरस्थित टियु क्रिकेट

एमालेले झण्डामा अंकित हँसिया हथौडाको रंग फेर्‍यो

गोदावरी ललितपुर- नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनबाट पार्टीको झण्डाको रंग

‘विद्या भण्डारी राजनीतिमा आउने होइन, संरक्षक भएर बस्‍नुपर्छ’

ललितपुर- प्रमुख सत्तारूढ नेकपा एमालेले यतिबेला लतिपुरको गोदावरीमा दोस्रो महाधिवेशन

ग्रीसको आर्थिक नीति सशक्त बन्दै : कर छुट र श्रमिक हितमा जोड

एथेन्स– ग्रीसका प्रधानमन्त्री क्यरियाकोस मित्सोताकिसले शनिबार २०२६ का लागि १.६

सिरहामा चट्याङ लागेर एक जनाको मृत्यु

सिराहा– सिरहा नगरपालिका-१९ जोगिया टोल बस्ने ५० वर्षीया सुलेना देवी खत्बे