पुटिनलाई मोदीको सुझाव- ‘यो युद्ध गर्ने समय होइन’ « Khabarhub

पुटिनलाई मोदीको सुझाव- ‘यो युद्ध गर्ने समय होइन’


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई क्षेत्रीय शिखर सम्मेलनका क्रममा शुक्रबार ‘यो युद्धको लागि उचित समय नभएको’ बताएका छन् ।

नयाँ दिल्ली र मस्कोबीच शीतयुद्धदेखि नै लामो समयदेखि सम्बन्ध रहँदै आएको छ र रूस भारतको सबैभन्दा ठूलो हतियार आपूर्तिकर्ता हो ।

तर फेब्रुअरीमा मस्कोको सेनाले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक आमनेसामने भएको भेटमा मोदीले पुटिनलाई भने, ‘महामहिम, मलाई थाहा छ आजको समय युद्धको लागि उपयुक्त समय होइन ।’

तेल र अन्य वस्तुहरूको मूल्य वृद्धिको कारण बनेको रूसी आक्रमणबारे रूसको विपक्षमा उभिन भारत चाहेको देखिएको छैन ।

उज्बेकिस्तानको समरकन्द शहरमा साङ्घाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनका क्रममा भएको भेटमा उहाँले लोकतन्त्र, कूटनीति र संवादको महत्वमा जोड दिएका थिए ।

उनीहरुबीच शान्तिको मार्गमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएकोे मोदीले बताए ।

युक्रेनमा रुसी सेनाले ठूलो युद्धभूमिको असफलताको सामना गरिरहेको बेला एससीओ शिखर सम्मेलन हुन लागेको छ र यसले पुटिनका लागि पश्चिमी प्रयासका बावजुद आफ्नो देश पूर्ण रूपमा एक्लो नभएको देखाउने अवसरको प्रतिनिधित्व गरेको छ ।

‘मलाई युक्रेनको द्वन्द्वमा तपाईंको तपाईंको चिन्ता र स्थिति थाहा छ । यसलाई जतिसक्दो चाँडो अन्त्य गर्न हामी सक्दो प्रयास गर्नेछौं,’ पुटिनले मोदीसँग भने ।

तर युक्रेनको नेतृत्वले वार्तालाई अस्वीकार गरेको र युद्धभूमिमा सैन्य माध्यमबाट आफ्नो लक्ष्य हासिल गर्न चाहेको पुटिनको दाबी थियो ,

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ११ : ०८ बजे

लेबनानसँग कुनै युद्धविराम लागू भएको छैन : इजरायली प्रधानमन्त्री नेतन्याहु

काठमाडौं– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले लेबनानसँग कुनै पनि प्रकारको युद्धविराम लागू नभएको स्पष्ट

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००