मुग्लिनका होटलबाट बाल मजदुरको उद्धार « Khabarhub

मुग्लिनका होटलबाट बाल मजदुरको उद्धार


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जिल्लामा दुई बाल मजदुरको उद्धार गरिएको छ। इच्छाकामना गाउँपालिका–५ मुग्लिन बजारमा रहेको धौलागिरि थकाली होटलबाट दुई बाल मजदुरको उद्धार गरिएको हो।

घरबाट भागेर आइ मुग्लिनको होटलमा एक महिनादेखि बाल मजदुरको रुपमा काम गरिरहेका १४ वर्षमुनिका उनीहरूलाई प्रहरी, गाउँपालिकाका जनप्रतिनिधि र होटल व्यवसायी सङ्घका प्रतिनिधिले उद्धार गरेका थिए।

पाल्पा जिल्लाका उनीहरु कक्षा ९ मा पढ्दा पढ्दै आएका थिए। बालकलाई शुक्रबार नै परिवारको जिम्मा लगाइएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए।

राजमार्ग क्षेत्रका अन्य होटलमा पनि बालमजदुर हुनसक्ने भएकाले अनुगमन अघि बढाइने उक्त गाउँपालिकाको उपाध्यक्ष माया सिलवालले बताए। उनले भने, ‘अन्य होटललाई पनि कडाइका साथ निर्देशन दिएका छौँ, अनुगमनमा जाँदा बालमजदुर फेला परे होटल सञ्चालकलाई कारबाही गर्छौं।’ कानुनअनुसार १८ वर्षभन्दामुनिका बालबालिकालाई कुनै पनि काममा लगाउनु दण्डनीय भएकाले यस्तो नगर्न उपाध्यक्ष सिलवाले सबै व्यवसायीलाई आग्रह गरे।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १ : १८ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १७ गते बिहीबार। वैशाख

आज २०८३ साल वैशाख १७ गते बिहीबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख १७ गते बिहीबार। वैशाख

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश