नगरपालिकाभित्रका अवैध संरचना हटाइँदै | Khabarhub Khabarhub

नगरपालिकाभित्रका अवैध संरचना हटाइँदै


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

रामपुर– सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचना रामपुर नगरपालिकाले हटाउने भएको छ । नगरपालिकाभित्रका १० वटै वडामा सरकारी तथा सार्वजनिक जग्गामा बनेका विभिन्न संरचना हटाउने र कब्जा गरेका जग्गाको संरक्षण गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ ।

अवैध रुपमा सार्वजनिक जग्गामा निर्माण भएका विभिन्न संरचना हटाउन नगरवासीलाई अनुरोधसमेत गर्दै नियम र कानुनको पालना गरेर काम गर्ने नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए ।

‘रामपुर नगरपालिकालाई सफा, सुन्दर र स्वच्छ नगरपालिका बनाउने संकल्प लिएका छौँ, नियम र कानुनभन्दा बाहिर जाने छैनौँ’, उनले भने, ‘व्यक्ति आफैँ सचेत भएर नियम विपरीत बनाइएका संरचना हटाउन सहयोग गर्न हाम्रो आग्रह छ, सार्वजनिक र सरकारी जग्गाको संरक्षण गर्ने दायित्व नगर सरकारको हो ।’ यस कार्यमा कसैले अटेर गरे कानुनी प्रक्रियाअनुसार हटाइने रामपुर नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १ : १५ बजे

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं – मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार

बैंक लुटपाटमा संलग्नलाई सेनाले गर्यो पक्राउ

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन

आज २०८२ साल भदौ २५ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २५ गते बुधबार। आश्विन