पर्साका दुई पालिकाद्वारा बजेट सार्वजनिक | Khabarhub Khabarhub

पर्साका दुई पालिकाद्वारा बजेट सार्वजनिक


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साका दुई पालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । आव २०७९/८० बजेट गत असार १० गते नै प्रस्तुत गरी सार्वजनिक गर्नुपर्ने भए पनि पर्साको बहुदरमाई नगरपालिका र कालिकामाई गाउँपालिकाले बल्ल बजेट सार्वजनिक गरेका छन् ।

लामो समयदेखि जनप्रतिनिधिबीच बजेट बाँडफाँडमा विवाद देखिएपछि दुवै पालिकाको बजेट सार्वजनिक हुनसकेको थिएन । बहुदरमाई नगरपालिकाले ६७ करोड ७९ लाख ११ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । संघीय सरकारको समानीकरण अनुदानतर्फ १३ करोड ८२ लाख, ससर्त अनुदानतर्फ २१ करोड तीन लाख, प्रत्यक्ष अनुदानतर्फ एक करोड तथा राजश्व बाँडफाँडतर्फ नौ करोड ३१ लख ४९ हजार रहेको छ । 

नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समग्रमा विभिन्न विकास निमार्णका कार्यका साथै शिक्षालाई बढी प्राथमिकता दिएर बजेट सार्वजनिक गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद उप्रेतीले जानकारी दिए ।

यसैगरी कालिकामाई गाउँपालिकाको आठौँ गाउँ सभामार्फत ४२ करोड ६६ लाख बराबरको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाले आर्थिक वर्ष २०७९/८० का लागि नीति, कार्यक्रम तथा बजेट बहुमतले पारित गरेको हो । सभामा आर्थिक विधेयक, विनियोजन विधेयकसहित गाउँपालिकाको आवश्यक ऐन सम्बन्धित विधेयक पारित भएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  २ : १९ बजे

कैलालीमा सर्पले टोकेर एक जनाको मृत्यु

कैलाली– सर्पले टोक्दा कैलालीको गोदावरी नगरपालिका–१२ ओलानीका ४३ वर्षीय रामबहादुर

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायी मनोनीत

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायी

तमोर नदीमा बगेर एकजना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–३ का एक युवा तमोर नदीमा

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

कैलाली– आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन्

सर्वाधिक व्यापार गर्ने २५ सूचीमा अटेनन् अनमोलका फिल्म, प्रदीपका दुईवटा परे

काठमाडौं – चलचित्र विकास बोर्डले २५ औं वार्षिक उत्सवमा सबैभन्दा