अछाम विपत्तिका कारण भएको मानवीय क्षतिप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त | Khabarhub Khabarhub

अछाम विपत्तिका कारण भएको मानवीय क्षतिप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले वर्षाका कारण अछामको विभिन्न स्थानमा आएको पहिरो र डुबानबाट ठूलो मानवीय र भौतिक क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका छन् । 

अछामको मङ्गलबजार नगरपालिका, तुर्माखादढकारी गाउँपालिकालगायत स्थानमा आएको पहिरो तथा डुबानबाट ठूलो मानवीय क्षति भएकामा आफू स्तब्ध भएको उनले उल्लेख गरेका छन् ।

उपराष्ट्रपतिले आज एक शोक सन्देशमार्फत पहिरो तथा डुबानका कारण निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

पहिरो तथा डुबानमा परी बेपत्ता भएकाकाे खोजमा सबै तहका सरकारले चालिरहेका कदमको सराहना गर्दै खोजीकार्यलाई अझै प्रभावकारी बनाउन उनले आग्रह गरेका छन् । उनले पहिरोबाट विस्थापितका लागि पर्याप्त राहत र उचित बसोबासको व्यवस्था गर्न आग्रह गरेका छन् ।

मौसमविद्ले वर्षा अझै जारी रहने र बाढीपहिरो तथा डुबानको सम्भावना औँल्याइरहेकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न उपराष्ट्रपतिले सबै पक्षलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ३ : ३८ बजे

स्वास्थ्य मन्त्रालय र सडक विभागको भवनमा पनि आगजनी

काठमाडौँ – जेन-जी प्रदर्शन रोकिएपछि पनि अराजकता फैलाउँदै हिँडेको समूहले

सडकमा आयो सेना, उच्छृङ्खल गतिविधि भए खबर गर्न अनुरोध

काठमाडौँ – जेन-जी आन्दोलनले सरकारलाई बढारेपछि पनि मच्चिएको अराजकता नियन्त्रण

सशस्त्र प्रहरीले भन्यो – क्षति कम हुनेगरी परिचालित भयौँ, अब संयमता अपनाऔँ

काठमाडौँ – सशस्त्र प्रहरी बल नेपालले जेन-जी आन्दोलन क्रममा क्षति

एनसेलले दुई दिनका लागि कल, एसएमएस र इन्टरनेट निःशुल्क गर्‍यो

काठमाडौँ – टेलिकम सेवा प्रदायक एनसेलले दुई दिनका लागि भ्वाइस,

भक्तपुर कारागारबाट १४२ अपराधी र कैदी भागे

काठमाडौँ – भक्तपुर कारागारबाट १४२ जना अपराधी र कैदी भागेका