अछाम विपत्तिका कारण भएको मानवीय क्षतिप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त « Khabarhub

अछाम विपत्तिका कारण भएको मानवीय क्षतिप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति नन्दबहादुर पुनले वर्षाका कारण अछामको विभिन्न स्थानमा आएको पहिरो र डुबानबाट ठूलो मानवीय र भौतिक क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका छन् । 

अछामको मङ्गलबजार नगरपालिका, तुर्माखादढकारी गाउँपालिकालगायत स्थानमा आएको पहिरो तथा डुबानबाट ठूलो मानवीय क्षति भएकामा आफू स्तब्ध भएको उनले उल्लेख गरेका छन् ।

उपराष्ट्रपतिले आज एक शोक सन्देशमार्फत पहिरो तथा डुबानका कारण निधन भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूका परिवारजनमा समवेदना व्यक्त गरेका छन् । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

पहिरो तथा डुबानमा परी बेपत्ता भएकाकाे खोजमा सबै तहका सरकारले चालिरहेका कदमको सराहना गर्दै खोजीकार्यलाई अझै प्रभावकारी बनाउन उनले आग्रह गरेका छन् । उनले पहिरोबाट विस्थापितका लागि पर्याप्त राहत र उचित बसोबासको व्यवस्था गर्न आग्रह गरेका छन् ।

मौसमविद्ले वर्षा अझै जारी रहने र बाढीपहिरो तथा डुबानको सम्भावना औँल्याइरहेकाले सम्भावित प्राकृतिक प्रकोपबाट जोगिन उच्च सतर्कता अपनाउन र व्यवस्थित पूर्वतयारी गर्न उपराष्ट्रपतिले सबै पक्षलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ३ : ३८ बजे

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक

रसुवाको बाढीपछि २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

काठमाडौँ– रसुवाको टिमुरे क्षेत्रमा बुधबार बिहान आएको भीषण बाढीपछि सुरक्षाकर्मीसहित

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र