राज्यका सबै निकायमा समावेशी प्रतिनिधित्व हुनुपर्छ : वरिष्ठ नेता महतो « Khabarhub

राज्यका सबै निकायमा समावेशी प्रतिनिधित्व हुनुपर्छ : वरिष्ठ नेता महतो


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले मुलुकमा धेरै राजनीतिक उपलब्धि गरी नेपालको संविधान जारी गरिएको भए पनि अझै राज्यका निकायमा उचित समावेशी प्रतिनिधित्व हुन नसकेको बताएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै उनले जनताको अधिकार र पहिचानमा भएका उपलब्धिको समीक्षा गर्नुपर्ने बेला आएको बताए । पाँच वर्षमा प्रतिनिधिसभाबाट नेपाली जनताले के-के प्राप्त गरे भन्ने स्पष्ट गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘प्रतिनिधिसभाले गरेका काम जनताले महसुस गर्ने खालको भएको छ कि छैन भन्ने स्पष्ट हुनुपर्दछ ।’

देशमा परिवर्तनका लागि धेरै काम भए पनि जनअपेक्षाअनुसार मुलुकको विकास हुन नसकेको भनाइ राख्दै उनले सबै नेपालीका लागि मुलुक हो भन्ने गरी काम गर्नुपर्ने धारणा व्यक्त गरे। सबै जातजाति, भाषाभाषीका लागि मुलुक हो भनी उचित प्रतिनिधित्व र काम गर्नुपर्ने उनको भनाइ थियो । उनले आफ्नै देशका नागरिकलाई नागरिकता दिन राज्यले कन्जुस्याइँ गरेको भन्दै गुनासो गरे ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ६ : ४८ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट