तालाबन्दीले समस्याको समाधान हुँदैन : शिक्षामन्त्री पौडेल « Khabarhub

तालाबन्दीले समस्याको समाधान हुँदैन : शिक्षामन्त्री पौडेल


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विभिन्न विद्यार्थी सङ्गठनले तालाबन्दी गरेर विश्वविद्यालयका समस्या समाधान नहुने बताएका छन् । पद्यकन्या क्याम्पसको ७२औँ वार्षिकत्सव समारोह २०७९ को अवसरमा आज क्याम्पस परिसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वार्ता, छलफल र संवादबाट समस्याको अन्त्य गर्न सकिने बताए ।

दिनहुँजसो विभिन्न विद्यार्थी सङ्गठनले विश्वविद्यालयमा तालाबन्दी गरेको उल्लेख गर्दै नेकपा (माओवादी केन्द्र) का सचिवसमेत रहनुभएका पौडेलले भने, ‘नेपाली संस्कारअनुसार शिक्षण संस्था र मन्दिर पवित्र संस्था मानिन्छन् ।‘

तालाबन्दीले विश्वविद्यालयको विकास नहुने भन्दै भने, ‘कृपया तालाबन्दी संस्कारको अन्त्य गरौँं । तालाबन्दीले विश्वविद्यालय बन्दैन ।’

सहमतिबाटै देशका ठूला–ठूला काम भएका बताउँदै मन्त्री पौडेलले सधैँका लागि तालाबन्दी नगर्ने बाटो अपनाउन सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । पवित्र स्थानलाई तालाबन्दी गरेमा राम्रो नहुने समेत उहाँले तर्क गरे । विश्वविद्यालयका पदाधिकारी, कर्मचारीहरुको समस्याको समाधान वार्ता, छलफल र संवादद्वारा हल गर्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री पौडेलले महिलाहरूको मुलतः अध्ययनरअध्यापन गराउने छुट्टै विश्वविद्यालयको रुपमा अघि बढाउन राखेकोे पद्यकन्या क्याम्पसको प्रस्ताव आफूले पनि अघि बढाउने विश्वास गरे ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : ०६ बजे

वर्षापछि काठमाडौं जलमग्न, कहाँ कति पानी पर्‍यो ?

काठमाडौं – आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ

सरकारको १०० दिनः शासकीय सुधारका १०० बुँदे कार्ययोजनामा के–के भए ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र

गुल्मी अस्पताल निर्माण ढिलाइ हुँदा बिरामीलाई समस्या

गुल्मी – पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै

मन्त्री गौरी यादवको निर्देशनपछि पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानुन तयार

काठमाडौं – नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमनका लागि

दार्चुलामा सहुलियत मूल्यमा चामल बिक्री

दार्चुला – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय