निर्वाचनमा वालबालिकाहरुलाई प्रयोग नगर्न आग्रह « Khabarhub

निर्वाचनमा वालबालिकाहरुलाई प्रयोग नगर्न आग्रह


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचनमा बालबालिकाहरुको प्रयोग नगर्न आग्रह गरिएको छ । नेपालको सातै प्रदेशका बालबालिकाहरुको प्रतिनिधित्व रहेको बाल पैरवी परिषद् कन्सोर्टियम नेपालले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा आसन्न आम निर्वाचनको सन्दर्भमा राजनीतिक दलहरुसँग अन्तरसंवाद गर्दै उक्त सुझावहरु बुझाइएको छ ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले बालबालिकाका सवालमा पार्टी निकै संवेदनशील रहेको र निर्वाचनका कुनै पनि गतिविधिहरुमा बालबालिकाको दुरुपयोग नगर्ने प्रतिवद्धता व्यक्त गरे ।

नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्यले निर्वाचनमा बालबालिकाको दुरुपयोग पार्टीको नीति विपरित रहेको र घोषणाापत्रमा बालबालिकाका सवाललाई प्राथमिकतामा राख्ने बताए ।

कन्सोर्टियम नेपालका अध्यक्ष मोहन दँगालले बालबालिकाका सवाल राजनीतिक दलको नजरमा कम प्राथमिकतामा पर्ने भएकाले नागरिक समाज यसको निरन्तर पैरवीमा लाग्ने बताए । निर्वाचन निरगरानी समूहका संयोजक डा। कृष्ण सुवेदीले बालबालिका र विद्यालयलाई कुनै पनि प्रकारको राजनितीक दुरुपयोग हुन नहुनेमा जोड दिए । कार्यक्रममा बाल पैरवी समूहका सदस्य भाइबहिनीहरुले सामूहिक रुपमा सुझावहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : ४९ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको