एकीकृत समाजवादीले समानुपातिकमा नयाँलाई अवसर दिने « Khabarhub

एकीकृत समाजवादीले समानुपातिकमा नयाँलाई अवसर दिने


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा समानुपातिक प्रणालीमा नयाँ नेतालाई अवसर प्रदान गर्ने भएको छ ।

पार्टीले बन्दसूचीमा हाल प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्य रहेका नेतालाई निरन्तरता नदिने गरी मापदण्ड तय गरेको हो । महासचिव डा बेदुराम भुसालले पार्टी सङ्गठनमा क्रियाशील भई विगतमा अवसर नपाएका नेता तथा कार्यकर्तालाई प्राथमिकता दिने गरी मापदण्ड निर्माण गरिएको जानकारी दिए ।

उम्मेदवारको नामावली छनोट गर्दा पार्टी निर्माणमा योगदान गरेको, समाजमा लोकप्रियता कायम गरेको, स्वच्छ छवि भएको कार्यक्षमता राम्रो भएको र सुशासनका क्षेत्रमा सक्रिय भएका लगायतलाई आधार बनाएको महासचिव भुसालले जानकारी दिए ।

संविधानले निर्दिष्ट गरेको मापदण्डका साथै समावेशी प्रणालीलाई अवलम्बन गर्दै भौगोलिक सन्तुलनको व्यवस्थापन गरी उम्मेदवारको नाम छनोट कार्यमा सन्तुलन कायम गरिने उहाँले जानकारी दिए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ८ : २६ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको