कैलालीमा बाढी र डुबानका कारण सयौँ परिवार विस्थापित « Khabarhub

कैलालीमा बाढी र डुबानका कारण सयौँ परिवार विस्थापित


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

भजनी – कैलालीको भजनी नगरपालिका–८ का प्रताप विश्वकर्मा बाढीका कारण विस्थापित भएर हुलाकी सडकमा पुगेका छन् । प्रतापसँगै सोनाहाफाटा टोलका अधिकांश स्थानीय हुलाकी सडकमा त्रिपाल हालेर आश्रय लिन थालेका छन् । अविरल लगातारको वर्षाका कारण पथरैया नदीको बाढीले बस्ती नै डुबानमा परेपछि पशुचौपायासहित स्थानीयले घर नै छोडेर हुलाकी सडकमा पुगेका हुन् ।

‘रातिदेखि बस्तीमा बाढी पसेर जताततै जलमग्न भएको छ । घर सबै डुबानमा परेका छन्’ उनले भने, ‘रातभर निदाउन पनि पाएका छैनौँ । सामान सार्न, चौपाया व्यवस्थापन गर्न र परिवारलाई सुरक्षित स्थानमा पु¥याउँदै रात कटेको थाहै भएन ।’

वडा नं ८ कै खेमराज पाण्डेले सयौँ परिवार बाढीका कारण विस्थापित भएको बताउँदै पीडितको व्यवस्थापनमा निकै समस्या भएको बताए । ‘उच्च सेल्टर घर, केही परिवार आफन्त छिमेकीको घरमा आश्रय लिएर बसेका छन् भने सयौँ परिवार हुलाकी रोडमा छन् ।’, पाण्डेले भने, ‘अवस्था निकै अस्तव्यस्त भएको छ । जताततै पानी मात्रै देखिन्छ । हुलाकी सडकबाट हेर्दा जताततै समुद्रको आभास हुने गरेको छ ।’

चारैतिरबाट नदीले घेरिएको भजनीका सबै वडा जलमग्न भएका छन् । सयौँ बिघा धान नदीको कटानबाट नष्ट भएको स्थानीय रामबहादुर साउद बताए । ‘कान्द्राले सबैभन्दा बढी क्षति गरेको छ । कटानले खेतीयोग्य जमिन नष्ट भने डुबानले स्थानीयको जनजीवन निकै प्रभावित बनाइएको छ’, साउदले भने, ‘स्थानीयलाई ज्यान जोगाउन मुस्किल छ । उद्धारका लागि पनि निकै कठिनाइ भइरहेको छ ।’ उनले अहिलेसम्म मानवीय क्षति नभए पनि धनजनको ठूलो क्षति भएको बताए।

नगरपालिकाका नगरप्रमुख केवल बाढीका कारण भजनी क्षेत्रको अवस्था निकै अस्तव्यस्त भएको बताए । उनले नदीमा पानीको बहाव निकै उच्च भएका कारण उद्धारमा समस्या भएको बताउँदै कयौँ क्षेत्रमा बाढी र कटानका कारण सम्पर्क विच्छेदसमेत भएको बताए । ‘हामी हिजोदेखि स्थानीयको सम्पर्कमा छौँ । सयौँ परिवार विस्थापित भइसकेको अवस्था छ । अधिकांशको आश्रयस्थल यतिबेला हुलाकी सडक बनेको छ’, नगरप्रमुख चौधरीले भने, ‘उद्धार सामग्रीको अभावका कारण समस्या भएको छ । नदीमा पानीको बहाव बढ्दै छ । कहाँ जाने कसको उद्धार गर्ने भन्ने अप्ठ्यारोमा हामी छौँ । अवस्था सबै ठाउँको उस्तै छ ।’

 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ८ : ४४ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट