दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : 6 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज दिनभर प्रतिनिधि सभालाई जीवन्त र जनमुखी बनाउन सहयोग गर्ने सबैप्रति आभार, गठबन्धनकै कारण संविधानको रक्षा भएको प्रधानमन्त्री देउवाको दाबी, निर्वाचन आयोग सरकारका अगाडि लतारिन नहुने ओलीको धारणा, विज्ञानको बिकासबिना क्रान्ती सम्भव नरहेको प्रचण्डको जिकिर, अछाममा पहिरोले ठूलो धनजनको क्षति लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

प्रतिनिधि सभालाई जीवन्त र जनमुखी बनाउन सहयोग गर्ने सबैप्रति आभार
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभालाई जीवन्त र जनमुखी बनाउन सहयोग गर्ने सवैप्रति आभार व्यक्त गरेका छन ।

प्रतिनिधिसभाको पहिलो कार्यकालको अन्तिम बैठकमा सभामुख सापकोटाले संसदलाई आम नागरिकको विश्वासको धरोहरका रुपमा सधैँ गतिशील बनाउन झक्झक्याइ रहने सवैप्रति पनि धन्यवाद दिए ।

विभिन्न आरोह अवरोह पार गर्दै, कयौं विषयलाई निष्कर्षमा पुर्याएर र केही विषय सघन विमर्शका लागि सुम्पेर संघीय संसद, प्रतिनिधि सभाको पहिलो कार्यकाल सम्पन्न भएको उनले बताए । एउटै कार्यकालमा दुई–दुई पटकसम्म संसदको विघटन र पुनर्स्थापना सम्भवतः विश्वकै संसदीय इतिहासमा पहिलो परिघटना भएको उनको भनाई छ ।

गठबन्धनकै कारण संविधानको रक्षा भएको प्रधानमन्त्री देउवाको दाबी
प्रधानमन्त्री शेर बहादुर देउवाले वर्तमान सरकार र सत्ता गठबन्धनकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको बताएका छन।

शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले वर्तमान गठबन्धन सरकार गठनसँगै परराष्ट्र सम्बन्धमा सुधार आएको उल्लेख गर्दैसरकार निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन प्रतिबद्ध रहेको समेत बताए ।

उनले प्रतिपक्षी दलको नेताले अहिलेको सरकारलाई परमादेशको सरकार भन्ने गरेको भन्दै संसद नै परमादेशबाट आएको र जसका कारण प्रतिपक्षी र सत्तापक्ष संगै काम गर्न पाइरहेको तर्क गरे ।

प्रधानमन्त्री देउवाले देशभर आएको बाढीपहिरामा भएको क्षतिको लेखाजोखाका साथै त्यसमा पीडितको तत्काल उद्धार गरिएको, घाइतेको उपचार, घरबारविहीन तथा मृतक परिवारलाई राहत उपलब्ध गराउन सरकार लागिपरेको जानकारी गराए ।

निर्वाचन आयोग सरकारका अगाडि लतारिन नहुने ओलीको धारणा
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा जाने कुरा कहिल्यै प्रतिगमन नहुने बताएका छन ।

शनिबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले यस अघि प्रतिनिधिसभा बिघटन गरेर निर्वाचनमा जाँदा प्रतिगमन भएको भन्नु गलत भएको भन्दै निर्वाचनमा जाने कुरा कहिल्यै प्रतिगमन नहुने बताए ।

आफ्नो सरकारले गत वर्ष वैशाख १७ र २७ गते चुनाव घोषणा गर्नु प्रतिगमन नभएको उनको भनाई छ । उनले आगामी निर्वाचनमा निर्वाचन आयोगले स्वतन्त्र र निष्पक्ष भूमिका खेल्नुपर्ने बताए ।

संविधान दिवसका अवसरमा एमालेले शनिबार काठमाडौंमा आयोजना गरेको पदयात्रा (वाकथन) मा उहाँले लोकतन्त्र सुदृढ बनाउने, विकास र सुशासनयुक्त दिशामा अघि बढ्न एमाले लागेकाले मंसिर ४ गते देश, लोकतन्त्र र संविधानलाई हार्न दिन नहुनेमा जोड दिए ।

विज्ञानको बिकासबिना क्रान्ती सम्भव नरहेको प्रचण्डको जिकिर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिज्ञानको सहि प्रयोग आजको आवश्यकता भएको बताएका छन ।

शनिबार काठमाडौंमा विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा प्रचण्डले बिज्ञान र प्रविधि क्षेत्र अहिलेको आवश्यता भएको भन्दै यसको सहि प्रयोग गर्नुपर्ने बताएका हुन ।

उनले आफु दोश्रो पटक प्रधानमन्त्री हुदा बिज्ञान प्रविधि क्षेत्रमा बजेट बढाउन पहल गरे पनि रोक्ने काम भएको जिकिर गरे ।

अछाममा पहिरोले ठूलो धनजनको क्षति
नेकपा एमालेका नेता भीमबहादुर रावलले अछाम जिल्लाका धेरै ठाउँमा अविरल वर्षाका कारण बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको हुँदा तत्काल उद्धार र राहतका लागि सरकारसँग माग गरेका छन ।

शनिबार प्रतिनिधिसभा बैठकको सुरुमै रावलले अविरल वर्षाका कारण अछाम जिल्लामा धेरै ठूलो धनजनको क्षति भएको र धेरैको मृत्यु भइसकेको अवस्था रहेको जानकारी गराउँदै गृहमन्त्रीसँग तत्काल उद्धार र राहतका लागि ध्यानाकर्षण गराएका हुन । उनले हेलिकप्टरमार्फत लत्ताकपडा, खाना र घाइतेको उपचारका लागि सामान पु¥याउने काम गर्न आग्रह गरे ।

कैलालीमा झण्डै ५०० बढि घर डुबानमा
गएरातिदेखी परिरहेको अविरल वर्षाका कारण पूर्वी कैलालीमा ५ सय बढि घर डुबानमा परेका छन् । कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्दा पाँच सय बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वेदप्रकाश जोशीले भजनी नगरपालिका–८ मा रहेको पथरिया नदीको पानी बस्तीमा पस्दा करिब १६० घरधुरी डुबानमा परेको जानकारी दिए ।

यस्तै कान्द्रा नदीमा पानीको सतह बढेर बस्तीमा पसेपछि मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० घर डुबानमा परेका छन् भने कान्द्रानदीकै बाढीले भजनीनगरपालिका–७ को शिविर टोल,गणेशमान टोल र दक्षिणपुर्वा टोलका पनि करिब २५० घर डुबानमा परेका छन् ।

उदयपुरमा ३४ जनामा डेंंगी संक्रमण
उदयपुरको कटारी, त्रियुगा, र बेलका नगरपालिकामा ३४ जनामा डेंंगी संक्रमण देखिएको छ । बेलका नगरपालिकामामा १३ जना, त्रियुगा नगरपालिकामा आठ, कटारी नगरपालिकामा पाँच जना र जिल्ला अस्पताल गाईघाटमा आठ जनामा डेंंगी फेला परेको हो । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार बेलका क्षेत्रलाई जोखिमयुक्त मानिएको छ ।

किनकी यहाँ सबैभन्दा धेरैमा डेंंगी देखिएको छ । यसपछि क्रमशः त्रियुगा नगरपालिकाको गाईघाट कटारी क्षेत्रमा फैलिएको छ । झण्डै तीन दर्जनमा डेंंगी फेला परेको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर चिरन्जीवी निरौलाले जानकारी दिए । स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख रामनरेश ठाकुरका अनुसार जिल्लाका ८ वटा स्थानीय तहमध्ये तीन नगरपालिकामा डेंगी भेटिएको छन् ।

नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ७४ पिसिआर परिक्षणका क्रममा ३५ जना र २ हजार १ सय ६६ एन्टीजेन परिक्षणका क्रममा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शनिबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३१ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १ हजार ९ सय ६६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

अग्रिम टिकट बुकिङ खुला
दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुलाई लक्ष्य गरेर शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट सङ्घीय राजधानी काठमाडौँमा अध्ययन, व्यापार, व्यवसाय तथा रोजगारीका लागि आएकाहरु चडपर्व मनाउन घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

एकैपटक लाखौँ व्यक्तिले काठमाडौँ छोड्ने हुँदा यात्रुको भीड बढ्ने भएकोले विगतदेखि नै दसैँ अगाडि टिकटको अग्रिम बुकिङ खुला गरिँदै आइएको छ । यातायात व्यवसायी, ट्राफिक प्रहरी र सरोकारवाला निकायको सहकार्यमा गत भदौ २२ गते बसेको बैठकको निर्णयअनुसार यातायात व्यवस्था विभागले अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले नयाँ बसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, सुन्धारा र कलङ्कीलगायत स्थानबाट अग्रिम टिकट बुकिङ सुरु गरिएको जनाएको छ । यस वर्षको अग्रिम टिकट बुकिङ खुला गर्नका लागि नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिले यातायात व्यवसायीको सहकार्यमा टिकट बुकिङ काउण्टर थप गरेको जनाएको छ ।

चाडपर्व तथा निर्वाचन नजिकिएसँगै नेपाल र भारत सीमानामा संयुक्त गस्ती सुरु
चाडपर्व नजिकिएसँगै नेपाल र भारत सीमानामा संयुक्त सुरक्षा गस्ती सुरु भएको छ । भारतसँग सीमाना जोडिएको सुनसरी लगाएतका जिल्लामा चाडपर्व र आगमी मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गर्दै दुवै देशका सुरक्षाकर्मीहरुले शान्ति सुरक्षा मजबुद बनाउन संयुक्त गस्ती सुरु गरेका हुन् ।

तनहुँमा जिप र ट्रक दुर्घटनामा १ जनाको मृत्यु, ३ घाइते
तनहुँमा जिप र ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा स्याङ्जा हरिनास गाउँपालिका– ५ बस्ने ४० वर्षीय केश बहादुर थापा रहेका छन् ।

आज रिसिङबाट भिमादतर्फ जाँदै गरेको ग ३ च २१२९ नम्बरको बोेलेरो जिप सडकबाट खसेर दुर्घटना हुँदा थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए।

त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा धादिङबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख २७०७ नम्बरको ट्रक दुर्घटना हुदा ३ जना घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।

माछा मार्ने क्रममा बगेर युवती बेपत्ता
कैलालीमा माछा मार्ने क्रममा बगेर युवती बेपत्ता भएकी छिन् । धनगढी उपमहानगरपालिका–१३ भएर बग्ने झलारी नालामा माछा मार्न गएकी स्थानीय १९ वर्षीय नवीना चौधरी बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ । खोजीका लागि प्रहरी टोली परिचालन भएनि अहिलेसम्म उनको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

भारतबाट उद्धार गरिएका १६ बालक अभिभावकको जिम्मामा
नुवाकोटको किस्पाङ गुम्बाबाट अवैधरुपमा भारत पु¥याइएका १६ बालकलाई नेपाल फर्काएर अभिभावकको जिम्मा लगाइएको छ ।

गत भदौ ७ गते नेपालबाट अवैधरुपमा भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एशोसिएशन नामक गुम्बामा लामा अध्ययन गराउन भनेर लैजाने क्रममा उत्तर प्रदेशको बस्ती भन्ने स्थानबाट गत भदौ ८ गते उद्धार गरिएका ती बालकलाई नुवाकोट ल्याइएको थियो ।

सबै बैंकहरुको ब्याजदर बढ्यो
बैंकहरुले आजदेखि निक्षेपको ब्याजदर बढाएका छन् । बैंकहरुले ६ महिनापछि असोज महिनाका लागि निक्षेपको ब्याजदर बढाएका हुन् । सबै वाणिज्य बैंकहरुको मुद्दती निक्षेपको ब्याजदरमा औसतमा १० प्रतिशतले बढेको छ ।

जसअनुसार व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १२ दशमलव १३ प्रतिशत, संस्थागतमा १० दशमलव १३ र रेमिट्यान्समा १३ दशमलव १३ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ । केही वाणिज्य बैंकहरुले भने ३ महिनासम्मको व्यक्तिगत मुद्दती निक्षेपमा १२ दशमलव ०३ प्रतिशत, संस्थागतमा १० दशमलव ०३ प्रतिशत र रेमिट्यान्समा १३ दशमलव ०३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

यस्तै, विकास बैंकहरुले ब्याजदर बढाएका छन् । विकास बैंकहरुले ब्याजदर बढाएर व्यक्तिगत मुद्दती निक्षेपमा १३ प्रतिशतसम्म र संस्थागत मुद्दती खातामा ११ प्रतिशतसम्म ब्याज दिने भएका छन् । फाइनान्स कम्पनीहरुले पनि व्यक्तिगत मुद्दती निक्षेपमा १३ दशमलव ४७ प्रतिशतसम्म र संस्थागत मुद्दती निक्षेपमा ११ दशमलव ४७ प्रतिशतसम्म ब्याजदर दिने भएका छन् ।

लमजुङमा दुई बर्ष पछि नयाँ भाडादर निर्धारण
लमजुङमा दुई वर्षपछि यात्रुवाहक सवारी साधनहरुको नयाँ भाडा दर लागु भएको छ । जिल्ला भित्रका अस्थायी मार्ग तथा भाडादर निर्धारण समितिको निर्णयानुसार जिल्ला भित्रका सवै सडकहरुमा नयाँ भाडा दर कायम कायम गरेको हो । जिल्लामा पछिल्लो समय पेट्रोलियम पदार्थको मुल्यबृद्धि भएसँगै नयाँ भाडादर कायम गरिएको प्रजिअ सुशील बैद्यको भनाइ छ ।

यातायात संचालन भइरहेका कतिपय सडकहरूमा भाडा दर निर्धारण हुन नसकेपछि बढी भाडा लिइरहेको गुनासो बढेको थियो । गुनासो आएपछि स्थानिय प्रशासनले सरोकारवालाहरुसँग समन्वय गरि भाडा दर कायम गरेको हो । नयाँ भाडा दर आगामी असोज १ अर्थात शनिबार देखि कार्यन्वन गर्न समितिको बैठकले सम्वन्धीत सरोकारवालाहरुलाई निर्देशन दिएको छ ।

बैठकले सदरमुकाम बेसीशहर देखि राजधानी काठमाण्डौ लगायत पोखरा, चितवन, विरगन्ज, सुनौली लगायत अन्य जिल्लाका लामो दुरीका सार्वजनिक यातायात र जिल्ला भित्रका ग्रामिण सडकहरुमा समेत नयाँ भाडा दर निर्धारण गरेको हो ।

सदरमुकाम बेसीशहर देखि लामो तथा छोटो दुरीका गरी एकसय ३३ गन्तव्यहरुमा नयाँ भाडा दर निर्धारण गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । नयाँ भाडा दर अनुसार न्युनतम २५ रुपैया देखि जिल्ला भित्रका लागी सातसय ६० रुपैया सम्म कायम भएको छ । जिल्ला भित्र सवैभन्दा बढी भाडा पाउदी देखि दुधपोखरीको भुम्लीचोक सम्म सातसय ६० रुपैया कायम भएको छ ।

 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : २५ बजे

अस्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियालाई हराउँदै भारत फाइनलमा प्रवेश

पाल्पाको जङ्गलमा डढेलो

पाल्पा । जिल्लाको रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन

नेमकिपाको अध्यक्षमा पुनः बिजुक्छे सर्वसम्मत चयन

भादगाउँ – नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा पुनः नारायणमान

प्रधानमन्त्री कप क्रिकेट : कैलाली फाइनलमा प्रवेश

बैतडी – प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम

अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउदै

काठमाडौं – अफगानिस्तानको यू–१९ क्रिकेट टिम नेपाल टूरमा आउने भएको