एमालेले समानुपातिक उम्मेदवारको भोलि टुंगो लगाउने « Khabarhub

एमालेले समानुपातिक उम्मेदवारको भोलि टुंगो लगाउने


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि नेकपा एमालेले समानुपातिकतर्फको उम्मेदवारको नामावली भोलि तयार गर्ने निर्णय गर्ने भएको छ ।

आज साँझ पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले समानुपातिकतर्फको उम्मेदवारको नामावली भोलि तयार गर्ने निर्णय गरेको हो।

यस्तै बैठकमा महासचिव शंकर पोखरेलले निर्वाचन आयोगको निर्देशिका अनुसार समानुपातिक उम्मेदवार छनोटको आधारहरूबारे जानकारी गराएका थिए।

त्यस्तै अछाम जिल्लामा बाढी पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्दार तथा राहतको काम तीव्र पार्न सरकारसँग माग गर्ने र मित्रराष्ट्र पाकिस्तानमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति पनि बैठकले दुःख व्यक्त गरेको छ। बैठक भोलि पुनः बस्ने छ।

 

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ९ : ३७ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट