जबराविरुद्ध महाभियोग लगाउन नौ बुँदे आधार सिफारिस « Khabarhub

जबराविरुद्ध महाभियोग लगाउन नौ बुँदे आधार सिफारिस


१ आश्विन २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउन आधारहरु नौ बुँदामा प्रस्तुत गरेको छ । ११ सदस्यीय समितिको बहुमत सदस्यले जबरामाथि नौ आरोपसहित प्रतिवेदन तयार गरेको हो । जसमा २ वटा सुझाव रहेका छन् ।

उक्त प्रतिवेदन समितिमा सामान्य बहुमतले मात्रै प्रतिवेदन पारित गरेको हो । नेकपा एमाले र लोसपाले फरक मत राखेका छन् । एमालेले ८ बुँदे फरक मत राखिसकेको छ ।

बैठकपछि समितिकी सदस्य कल्याणी खड्काले केही आरोपहरुमा प्रमाण जुटाउन बाँकी रहे पनि जेजति विषय आएका छन् ती विषयहरु नै निलम्बित प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउन पर्याप्त रहेको बताइन् । अरु ५ जनालाई पनि महाअभियोग लगाउनुपर्थ्यो मलाई मात्रै किन भनेर राणाले दिएको बयान नै काफी भएको खड्काको भनाई छ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  १० : ०३ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका