बाढीका कारण पाकिस्तानमा डेढ करोड बालबालिका प्रभावित : युनिसेफ « Khabarhub

बाढीका कारण पाकिस्तानमा डेढ करोड बालबालिका प्रभावित : युनिसेफ


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद – पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका प्रभावित भएका छन्। प्रभावितमध्ये ३४ लाखलाई तत्काल सहयोगको आवश्यकता पर्ने राष्ट्रसंघले जनाएको छ।

बाढी प्रभावित क्षेत्रको अवस्था निकै नाजुक रहेको र कुपोषित बालबालिकाले झाडापखाला, डेंगु ज्वरो र धेरै छालासम्बन्धी रोगसँग जुधिरहेको राष्ट्रसंघीय बाल कोष (युनिसेफ)का प्रतिनिधि अब्दुल्लाह फदिलले बताएका छन्।

बाढी प्रभावित सिन्ध प्रान्तमा दुई दिने भ्रमण गरेका फदिलले बाढीका कारण ५२८ बालबालिकाको ज्यान गएको जानकारी दिए। बाढीलाई टार्न सकिने उनको भनाइ थियो।

‘यी प्रत्येक मृत्यु एक त्रासदी हो जुन टार्न सकिन्थ्यो’, उनले भने , ‘एक अनुमानित १ करोड ६० लाख बालबालिकाहरू बाढीबाट प्रभावित भएका छन् र कम्तीमा ३४ लाख बालबालिका  तत्काल, जीवन बचाउने सहयोगको खाँचो छ। ’ बाढी प्रकोपको परिमाण बढ्दै जाँदा अन्तर्राष्ट्रिय सहायता पनि भित्रिने क्रम जारी छ। बाढी प्रभावित पाकिस्तानलाई चीन, बेलायत, क्यानडा र जापानलगायतका देशहरुले सहयोग प्रदान गरेका छन्।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ८ : ५२ बजे

राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट

काठमाडौं– नेपालस्थित चिनियाँ राजदूत छन् सोङले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसँग

बलिउड स्टार गोविन्दाले मनाए ६२औँ जन्मदिन

काठमाडौं– नाइन्टिज़का आइकनिक बलिउड स्टार गोविन्दा आज आफ्नो ६२औँ जन्मदिन

सरकारको औचित्य सकिएको घोषणा गर्दै मिराजले प्रधानमन्त्री कार्कीमाथि लगाए १७ गम्भीर आरोप

काठमाडौं- जेन-जी आन्दोलनका एकजना अगुवा मिराज ढुंगानाले भदौ २३ र

बागमतीमा तैरिने फोहर पदार्थ सङ्कलन गर्न ‘ट्रास बेरियर’

काठमाडौं-  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले

कञ्चनपुर कारागारको घटना छानबिन गर्न समिति गठन

महेन्द्रनगर– दुई दिनअघि कञ्चनपुर कारागारभित्र कैदीबन्दी र नाइकेबीच भएको झडप