उदिपुर पहिरो नियन्त्रणका लागि २१ करोड बजेट उपलब्ध « Khabarhub

उदिपुर पहिरो नियन्त्रणका लागि २१ करोड बजेट उपलब्ध


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको डुम्रे बेसीशहर चामे सडकखण्ड अन्तर्गत जिल्लाको सदरमुकाम बेंसीशहर नगरपालिका- १ मा पर्ने उदिपुरको पहिरो नियन्त्रणका लागि भौतिक पूर्वाधार मन्त्रालयले २१ करोड रकम उपलब्ध गराएको छ।

सडक डिभिजन कार्यालयले निर्माणको जिम्मा पाएको डुम्रे बेंसीशहर चामे सडक अन्तर्गत उदिपुर पहिरोका लागि १९ करोड रकम विनियोजन गरेको छ। भिषण पहिरोले मोटर बाटो ठप्प बनाएपछि समग्र उत्तरी लमजुङ साथै मनाङ जिल्लाको यातायात रोकिन पुगेको थियो।

यसरी मनाङ र उत्तरी लमजुङका बासिन्दाले भोग्नु परेको सास्तीलाई ध्यानमा राखेर भौतिक पूर्वाधार मन्त्रालयले तत्काल काम थालनी गर्नका लागि २१ करोड रुपैयाँ छुट्याएको सांसद देव गुरुङका स्वकीय सचिव कमल खड्काले बताए।

गत वर्ष गएको पहिरोले सडक बगाएपछि त्यसभन्दा कुनाबाट अस्थायी ट्र्याक खोलेर यातायात सुचारु गरिएको थियो। यस वर्ष बर्खा लाग्नेवित्तिकै असार पहिलो हप्ता वर्षाले उक्त ट्रयाकसमेत पूरै सडक पहिरोले बगाएपछि त्यहाँबाट यातायात ठप्प भएको छ।

अस्थायी रूपमा यातायात सञ्चालन गर्नका लागि चिप्लेटीबाट नेपाली सेनाको ब्यारेक झरेर उदिपुर जाने व्यवस्था गरियो। त्यहाँ पनि सोही पहिरो माथिबाट झरेको झर्‍यै हुँदा तल बाटो थुनिरहेको छ। बाटो थुनिएको धेरै समयपछि डोजरले बाटो सफा गरेर चलाउने काम हुँदै आएको छ।

-न्युजकारखानाबाट

 

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : ३६ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक