राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा गौतम « Khabarhub

राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा गौतम


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय चिकित्सक सङ्घको अध्यक्षमा डा जागेश्वर गौतम निर्वाचित भएका छन्। शनिबार सम्पन्न सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनले डा गौतमको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको सङ्घका निवर्तमान अध्यक्ष डा सन्तोष पौडेलले जानकारी दिए।

उनका अनुसार सम्मेलनले उपाध्यक्षमा डा रणजितकुमार झा, डा नवीन पोखरेल र डा रक्षा श्रेष्ठलाई चयन गरेको छ। यसैगरी सङ्घको महासचिवमा डा पुष्पमणि खराल, कोषाध्यक्षमा डा सुनिल गजुरेल, सचिवमा डा मिलन गैरे, डा छवि पन्थी र डा क्रिष्टिना श्रेष्ठ रहेका छन्।

सम्मेलनले सातवटै प्रदेशको संयोजकसमेत तोकेको छ। केन्द्रीय सदस्यलाई  प्रदेश संयोजक तोकिएको छ। यस्तै प्रदेश १ मा डा प्रमोद बराल, मधेसमा डा महेश महासेठ, बागमती प्रदेशमा डा जगदीश थापा, गण्डकी प्रदेशमा डा डेविड श्रेष्ठ, लुम्बिनी प्रदेशमा डा सागर न्यौपाने, कर्णाली प्रदेशमा डा कविराज पौडेल, सुदूरपश्चिम प्रदेशमा डा निरज अर्याल र काठमाडौँ उपत्यकामा डा कालुसिंह खत्रीलाई चयन गरेको छ।

नवनिर्वाचित अध्यक्ष डा गौतमले चिकित्सकको हकहित र  सङ्गठन विस्तारको काम गर्ने बताए। अहिले सङ्घका बागमती प्रदेश र लुम्बिनी प्रदेशमा कमिटी तथा देशभरि नौवटा शाखा रहेका छन्। उनले सातवटै प्रदेश, ७७ वटै जिल्ला, शिक्षण अस्पताल र प्रतिष्ठानमा सङ्गठन विस्तार गर्दै स्वास्थ्य सेवालाई जनताको पहुँचमा पुर्‍याउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग मिलेर काम गर्ने जानकारी दिए। सङ्घमा देशभरि पाँच सय चिकित्सक आवद्ध रहेको बताइएको छ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ११ : ५३ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक