सुनौलो अवसर गुमाउन चाहँदैनौँ : प्रशिक्षक थापा  « Khabarhub

सुनौलो अवसर गुमाउन चाहँदैनौँ : प्रशिक्षक थापा 


२ आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल राष्ट्रिय महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले महिला साफ च्याम्पियनसिप घरेलु मैदानमा जित्ने सुनौलो अवसर रहेको र यसलाई नगुमाउने बताएका छन् ।

प्रतियोगिताको फाइनलअघि आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘साफ महिला च्याम्पियनसिपले नयाँ विजेता पाउँदैछ । यो सुनौलो मौकालाई हामी गुमाउन चाहँदैनौँ । हामी ९० मिनेटपछि घरेलु समर्थकलाई निराशा बनाउन चाहँदैनौँ । घरेलु टिम हौँ र च्याम्पियनसिप सुरु हुँदादेखि नै उपाधि यही छ । त्यसैले यो उपाधिलाई बाहिर जान दिने पक्षमा हामी छैनौँ ।’ थापाले भने ।

प्रतियोगिताको फाइनल खेल सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । नेपाल पहिलो पटक फाइनलमा नयाँ प्रतिद्वन्द्वी बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । खेल अपराह्न ५ बजे हुनेछ ।

प्रशिक्षक थापाले घरेलु मैदानमा बंगलादेशलाई पराजित गर्दै आगामी दुई संस्करण च्याम्पियन बन्ने बताउँदै टिम तयारी अवस्थामा रहेको बताए । ‘हामी आउँदो दुई वर्षका लागि विजेता बन्न चाहन्छौँ । अर्को संस्करणसम्म हामी उपाधिलाई यही राख्न चाहन्छौँ,’ थापाले भने, ‘सेमिफाइनलमा हाम्रा खेलाडीको प्रदर्शनबाट म निकै खुसी छु । मलाई थाहा छ उनीहरूले त्यो भन्दा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्छन्,’ थापाले भने ।

यसअघि नेपालले साबिक पाँच पटकको विजेता भारतलाई सेमिफाइनलमा १–० ले पराजित गर्दै फाइनल पुगेको थियो । भारतविरुद्ध ऐतिहासिक जित निकालेको नेपालले त्यसअघि समूह चरणमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० ले पराजित गरेको थियो ।

थापाले घरेलु समर्थकले ऊर्जाले थप उपाधिको जित्न हौसला बढ्नेमा विश्वास प्रकट गरे । ‘हामी हाम्रो रणनीति, मिहिनेत र समर्थकबिना यो लक्ष्य पूरा गर्न सक्दैनौँ । र, हाम्रो टिममा अहिले यो सबै छ । यसै कारण म विश्वस्त र खुसी छु,’ थापाले भने ।

यता, बंगलादेशका प्रशिक्षक गोलम रब्बानी छोटनले नेपाली टिम बलियो भए पनि आफ्नो टिमले उपाधि जित्नेमा विश्वस्त रहेको  बताए ।

प्रकाशित मिति : २ आश्विन २०७९, आइतबार  ३ : ०२ बजे

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’